काठमाडौं-सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट १३.६० प्रतिशत नगद लाभांस घोषणा गरेको छ। असोज २७ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ३.६० प्रतिशत निगद लाभांस र १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो।
सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि बैंकले साधारणसभामा लैजाने छ। साधारणसभाबाट अनुमोदन भएपछि मात्रै शेयरधनीले उक्त लाभांस प्राप्त गर्ने छन्।
बैंकले यस वर्ष संस्थापक शेयरधनीको मन राख्न थोरै नगद लाभांस र दोस्रो बजारमा आफ्नो भ्यालु बढाउन १० प्रतिशत बोनस शेयरको प्रस्ताव गरेको हो।
बैंकको हालको चुक्ता पु्ँजी ८ अर्ब ८० करोड रुपैयाँ रहेको छ। प्रस्तावित १० प्रतिशत बोनस शेयर पछि बैंकको चुक्ता पु्ँजी ९ अर्ब ६८ करोड रुपैयाँ पुग्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।