काठमाडौं- सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाभियोग मुद्मामा 'एमिकस क्युरी' (अदालतको सहयोगी विज्ञ टोली) मगाउने आदेश जारी भएको छ।
कामु प्रधानन्यायाधीश दीपकराज जोशीसहित ५ जनाको संवैधानिक इजलासले आज यस्तो आदेश जारी गरेको हो।
नेपाल प्रहरीको आइजिपी नियुक्तिमा चलखेल गरेको भन्दै नेपाली कांग्रेस र माओवादी सांसदहरुले कार्कीमाथि तत्कालीन समयमा संसद्मा महाभियोग प्रस्ताव दर्ता गरेका थिए। संसद्मा पेस भएको उक्त प्रस्तावलाई तत्काल अघि नबढाउन न्यायाधीश चोलेन्द्र शमशेर राणाको आदेशसँगै महाभियोग फिर्ता भएको थियो। त्यसपछि कार्की सर्वोच्चमै काममा फर्किएकी थिइन्।
कांग्रेस र माओवादीले दर्ता गरेको महाभियोग गैरकानुनी भन्दै अधिवक्ता सुनिल रञ्जन सिंहले सर्वोच्चमा मुद्दा दायर गरेका थिए। सोही मुद्दामाथिको इजलासले एमिकस क्युरी मगाउने र छलफल गर्ने आदेश दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।