काठमाडौं– अभिनेत्री करिश्मा मानन्धर अभिनित फिल्म ‘हिरोज’को प्रदर्शन मिति सरेको छ। बैसाख २१ गतेका लागि प्रदर्शन मिति तय गरेको फिल्म युनिटले अन्तिम समयमा मिति परिवर्तन गरेको हो।
प्राविधिक कारण देखाउँदै निर्माण युनिटले फिल्म एक हप्तापछि अर्थात् बैसाख २८ बाट प्रदर्शनमा ल्याइने निर्मात्री पूर्णिमा लामाले जानकारी दिइन्।
एक्सन, लभ, कमेडी तथा संवेदनामा आधारित फिल्म ‘हिरोज’मा करिश्माका साथ मुकेश ढकाल, जयकिसन बस्नेत, पूर्णिमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसी लगायतका कलाकारहरुको अभिनय रहेको छ।
एनबी महर्जनको निर्देशन तथा शिव ढकाल र रामशरण उप्रेतीले खिचेको फिल्ममा शंकर महर्जनको द्वन्द्व निर्देशन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।