काठमाडौं–नेपाल उद्योग वाणिज्य महासंघले व्यावसायिक आचारसंहिताको पूर्ण पालना गरी व्यापार व्यवसाय गर्न सबै व्यवसायीलाई आग्रह गरेको छ।
महासंघले एक विज्ञप्ति जारी गर्दै जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयमा लापरवाही हुन नहने र कसैलाई पनि जनताको प्रत्यक्ष स्वास्थ्यसँग खेलवाड हुने र प्रचलित कानुनविपरीत कार्य गर्ने छुट नभएको उल्लेख गरेको छ। ‘यदि कहीँकतैबाट भएको रहेछ भने कानुनअनुसार कारवाहीको भागीदार हुनुपर्ने हुँदा प्रचलित कानुनविपरीतका कार्यमा संलग्न नहुन सम्बन्धित सबैमा मा आग्रह गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।
महासंघले चाडबाड लक्षित गरी बजार अनुगमनको कार्यलाई तिव्रता दिनुभन्दा पनि अनुगमनको कार्यलाई वर्षैभरि निरन्तरता दिन र यस्ता कार्यमा महासंघका सदस्य जिल्ला÷नगर उद्योग वाणिज्य संघहरूलाई पनि एकसाथ लैजाने संरचना निर्माण गरी अनुगमन प्रणालीलाई विधिवतरूपमा अघि बढाउँदै सबै सरोकारवालाहरूको आत्मसम्मानको सुरक्षा गर्नसमेत सरकासँग माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।