• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एकताको ६ महिनापछि सांगठनिक एकता र कार्यविभाजनमा जुट्दै जसपा

64x64
वीरेन्द्र ओली मंगलबार, असोज २७, २०७७  १२:११
1140x725

काठमाडौं– समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी गठन भएको ६ महिनापछि बल्ल सांगठनिक एकता र कार्यविभाजन टुंग्याउने तयारी सुरु भएको छ। सरकारले पार्टी विभाजनका लागि अध्यादेश ल्याएपछि आफ्नो पार्टीको सम्भावित विभाजन रोक्न गत वैशाख १० गते राति दुई पार्टीबीच हतारहतारमै एकता घोषणा भएको थियो।

एकताको ६ महिनापछि पार्टी कमिटी, जनवर्गीय संगठन र नेताहरुको कार्यविभाजन गर्नका लागि पार्टीले कात्तिक ३ र ४ गते कार्यकारिणी समितिको बैठक बोलाएको छ। त्यही बैठकबाट जसपाको एकताले पूर्णताको बाटो समात्ने नेताहरुको भनाइ छ।

एकता भएको दोस्रो दिन जसपाका नेताहरु दल दर्ताको निवेदन दिन निर्वाचन आयोग पुगेका थिए। त्यसको तीन महिनापछि मात्रै असार २५ गते जसपाले दल दर्ताको प्रमाणपत्र पाएको थियो। पार्टीभित्र नेतृत्वको व्यवस्थापन र वरियतालाई लिएर शीर्ष नेताबीच सहमति जुट्न नसक्दा दल दर्ता प्रक्रिया लम्बिएको थियो।

अब बस्ने केन्द्रीय कार्यकारिणी समिति बैठकमा पार्टी कमिटी एकता, जनवर्गीय संगठन र नेताहरुको कार्यविभाजनका विषयमा छलफल हुने अध्यक्ष उपेन्द्र यादवले बताए। ‘पार्टी फुटाउन धेरै समय लाग्दैन। असहमति हुँनेबित्तिकै फुटाए भइहाल्यो’, यादवले नेपाल लाइभसँग भने, ‘एकता भइसकेपछि सबै पार्टी कमिटीलाई मिलाउन गाह्रो हुँदोरहेछ। सबैलाई चित्त बुझाएर लग्न छलफल गर्दै सहमत गराउनुपर्ने भएकाले समय लाग्यो। अब एकतालाई पूर्णता दिन्छौं।’

जसपामा अहिलेसम्म अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसहित वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राई र बाबुराम भट्टराईलाई वरिष्ठ नेतामा राखिएको छ। केन्द्रीय कार्यकारिणी समिति ५३ जनाको हुने मात्रै टुंगो लागेको छ।

त्यसबाहेकका पार्टी एकतासम्बन्धी अरु काम बाँकी रहेको नेता नवराज सुवेदीले बताए। पार्टीको विधान र नियमावली तथा आचारसंहितालाई पनि एकतापछि भएको कामकै रुपमा लिनुपर्ने उनले बताए।

छलफलका विषय 
केन्द्रीय कार्यकारिणी समितिको बैठकले एक हजार एक सय संघीय परिषद् र ७ सय केन्द्रीय कमिटी बनाउने  भएको छ। जसपाको विधान बमोजिम ७ सय १ जना केन्द्रीय सदस्य बनाउन सकिने छ। तर यसअघि राजपाले ७ सय ९३ जना र समाजवादी पार्टीले ४ सय ३१ जना सदस्य रहेको केन्द्रीय कमिटी बनाएका थिए। तर अब ७ सय १ जनाको केन्द्रीय कमिटी बनाउने सहमति भएको छ।

केन्द्रीय कमिटीमा बस्ने सदस्यको टुंगो लगाउन तत्कालीन राजपालाई सकस परेको छ। यसअघि राजपाले केन्द्रीय कमिटी ठूलो बनाएका कारण छरितो टिम बनाउन सकस हुने देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

संघीय परिषदको अध्यक्ष बाबुराम भट्टराईलाई जिम्मेवारी दिएर वरियतामा पहिलो नम्बरमा उकाल्ने विषयमा छलफल हुने भएको छ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको कार्यविभाजन र केन्द्रीय सदस्यको समेत कार्यविभाजनका विषयमा बैठकमा छलफल हुने नेता सुवेदीले बताए। 

पाँच केन्द्रीय निकायसमेत गठन गरिने भएको छ। जसमा केन्द्रीय सल्लाहकार परिषद, विज्ञ परिषद, अनुशासन आयोग, निर्वाचन आयोग, लेखापरीक्षक आयोग गठन गरिने नेता गंगानारायण श्रेष्ठले बताए।

यस्तै, सात प्रदेश र गैरभौगोलिक प्रदेश, प्रवास, जिल्ला र पालिकास्तरका पार्टी एकता गर्न कार्यदल बनाइने नेता श्रेष्ठले बताए। कार्यदल बनाएपछि त्यहीँबाट ९ प्रदेश, ७७ जिल्ला र पालिकाको एकता टुंगो लगाइने उनले बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अहिलेसम्म स्वतःस्फूर्त रुपमा २० जिल्लामा पार्टी कमिटीको एकता भइसकेको छ। अझै ५७ जिल्ला कमिटीको एकता हुन बाँकी नै छ। कतिपय पालिका र वडा स्तरमा समेत स्वतःस्फूर्त एकता भएको भए पनि अझै पूर्ण एकता हुन बाँकी नै छ।

तत्कालीन समाजवादीको २१ जनवर्गीय संगठन र राजपाका २० जनर्गीय संगठनको एकताको सुरु नै नभएको नेता केशव झाले बताए। ती सबै जनवर्गीय संगठनको एकता टुंगो लगाएर नेतृत्वको भागबण्डा मिलाउन बाँकी नै रहेको झाले बताए।

कुनकुन जनवर्गीय संगठन बनाउने र ती जनवर्गीय संगठनको नाम के राख्ने भन्ने विषयमा लामै रस्साकस्सी हुने देखिएको छ। जनवर्गीय संगठनको संख्या र नाम टुंगो लागेपछि नेतृत्वको भागबण्डा मिलाउन पनि समय लाग्ने देखिन्छ।

प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  १२:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना पार्टीले एक सार्वजनिक सूचना जारी गर्दै आवश्यक मापदण्ड पूरा गर्ने घर तथा जग्गाधनीहरूबाट औपचारिक प्रस्ताव आह्वान गरेको हो। बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) सातै प्रदेशका मुख्यमन्त्रीहरूले सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रदेशको अधिकार, प्रशासनिक संरचना र स्रोतसाधन हस्तान्तरण गर... बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधवार संसदीय सुनुवाइ समितिमा आफ्नो योग्यता, अनुभव तथा कार्य योजना प्रस्तुत गर्दै उनले दुई देशबीचको सात दशक लामो ऐतिहासिक सम्बन्धलाई... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्