काठमाडौं-नेपाल विद्युत प्राधिकरण रत्नपार्क वितरण केन्द्रअन्तर्गतका दर्जनभन्दा बढी स्थानमा मंगलबार बिहानैदेखि बत्ती काटिएको छ।
प्राधिकरणकाअनुसार त्रिपुरेश्वर फिडरअन्तर्गत पर्ने टेकु सबस्टेशन अगाडिबाट पचली भैरव, उद्योग वाणिज्य महासंघ कार्यालय क्षेत्र, टेकुचोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपर मार्केट अगाडिसम्म, टेकु वंशीमार्ग र सुकुम्बासी जाने बाटोसम्म बत्त्ती काटिएको छ।
त्यस्तै कालीमाटी फिडरअन्तर्गत पर्ने टेकु नेशनल ट्रेडिङ्ग हुदैं हनुमन्ते, भीमसेन स्थान, परोपकार, रामघाट, शान्ति निकेतन स्कुल, मरुहिटी, ढोकाटोल, नरदेवी हस्पिटलअगाडि, टंगाल, भरुङ्गखेल, क्षेत्रपाटीचोकदेखि ढल्कोचोकसम्म बिहानदेखि बत्ती छैन।
भीमसेनस्थान फिडरअन्तर्गत पर्ने अण्डरग्राउण्ड हुँदैं टेकु नेशनल ट्रेडिङ्गको बाहिरसम्म, काठमाडौं विजनेश पार्क हुँदैं १२ नंम्बर वडा कार्यालय, ब्रम्हटोल, जैसीदेवल चोक, ज्याबहाल, चिकमुगल, भीमसेनस्थान र सरुगल्लीको ट्रान्सफर्मरसम्म बत्ती काटिएको छ।
बिहान साढे ६ बजेदेखि काटिएको बत्ती ११ बजेपछि मात्र आउने प्राधिकरणले जनाएको छ। यी फिडरहरुमा मर्मतसम्भार गर्नुपर्ने भएकाले बत्ती काटिएको प्राधिकरणको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।