एजेन्सी–मंगल ग्रह आज पृथ्वीबाट सबैभन्दा ठूूलो र चम्किलो देखिँदैछ। अमेरिकी अन्तरिक्ष संस्था (नासा)का अनुसार मंगल ग्रह आज पृथ्वी र सूर्यको सिधा रेखामा पर्नेछ। यसको अर्थ यी तीनै ग्रह १८० डिग्रीको कोणमा रहनेछन्। यसलाई एक दुर्लभ खगोलीय घटना मानिएको छ।
नासाका अनुसार मंगल ग्रह र पृथ्वी नजिक आउने घटना हरेक २ वर्षमा हुुन्छ। यसलाई खगोलविद्हरुले ‘अपोजिसन’ भन्छन्। अब दुवै ग्रह सन् २०२२ को डिसेम्बरमा नजिक देखिनेछन्।
तर ६अक्टुबरमै मंगल ग्रह पृथ्वीको नजिक आएको थियो। उक्त दिन पृथ्वीबाट मंगल ग्रहको दूरी ३८.६ मिलियन माइल थियो। सन् २००३ मा मंगल ग्रह पृथ्वीबाट ३४.८ मिलियन माइल नजिकसम्म आएको थियो। अब २२८७ वर्षसम्म यति नजिक नआउने नासाले जनाएको छ।
यस्तो घटनालाई खगोल विज्ञानमा ‘मार्स क्लोज एप्रोच’ भनिन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।