काठमाडौं- सोमबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावः कांग्रेसविना पूर्व एमाले समूहलाई बहुमत पुग्ने, बालुवाटारमा प्रचण्डको आग्रह– तत्काल अविश्वास प्रस्ताव फिर्ता लिन लगाउनु प¥यो, ओलीले भने– विचार गरौंला । ( अविश्वास प्रस्तावले नेकपाभित्र तरंग )
२) देशभर थप ९ कोरोना संक्रमितको मृत्यु, ६४५ पुगे मृतक, उपत्यकामा २ हजार २८३ सहित ४ हजार ४७ जनामा संक्रमण, १ लाख ११ हजार ८०२ पुगे संक्रमित । ( नेपालमा ६४५ पुगे मृतक )
३) होटलमा बसेर नक्कली मह बनाउँदै बेच्दै, प्रतिकिलो ८ सय रुपैयाँमा बिक्री गरेको स्थानीयको भनाइ, महमा देखिएको चाका मैदाको भएको आशंका, अन्य रसायनको प्रयोगबारे अध्ययन जारी । ( होटलमा बसेर नक्कली मह बनाउँदै बेच्दै )
४) कोरोना भाइरस बैंक नोट, फोन स्क्रीन र स्टेनलेस स्टीलमा २८ दिनसम्म जीवित रहनसक्ने अनुसन्धानकर्ताहरुले दाबी, सतहमा रहने भाइरसले मानिस संक्रमित हुने सम्भावनाबारे अझै अस्पष्ट । ( ‘कोरोना भाइरस २८ दिनसम्म जीवित रहन्छ’ )
५) र, डिफेन्डिङ च्याम्पियन पोर्चुगलको नेसन्स लिग फुटबलमा फ्रान्ससँग गोलरहित बराबरी, अर्को खेलमा इटालीले पोल्यान्डसँग पनि गोलरहित बराबरी खेल्दा ग्रिसले मोल्डोभालाई २–० गोलअन्तरले हरायो । ( पोर्चुगल र फ्रान्स बराबरी )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।