काठमाडौं- लिलाम बढाबढ सम्बन्धि नयाँ सिद्धान्त पत्ता लगाउने संयुक्त राज्य अमेरिकास्थित स्टानफोर्ड विश्व विद्यालयका दुई जना प्रोफेसरलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइने भएको छ।
लिलाम बढाबढ (अक्सन) सम्बन्धी सिद्धान्तलाई नयाँ तरिकाले परिभाषित गर्न योगदान गरेको र यसको नयाँ फर्मुलासमेत पत्ता लगाएका दुईजना अर्थशास्त्रीहरू पउल मिलग्रोम र रोबर्स विल्सनले नोबेल पुरस्कार पाएका हुन्।
विभिन्न प्रकारका वस्तु र सेवाको लिलाम बढाबढमा मूल्य निर्धारणको स्थीतिले कसरी काम गर्छ ? र लिलाम प्रकृयामा विगतदेखि चलिआएको बढाबढको सिद्धान्तमा कसरी परिमार्जन गर्न सकिन्छ भनी यी दुई अर्थशास्त्रीले अनुसन्धान गरेका थिए।
उनीहरुले पत्ता लगाएको सिद्धान्तले वस्तु तथा सेवाको क्रेता, बिक्रेता र करदातासमेतलाई फाइदा पुग्नेगरी लिलाम प्रकृयाको नयाँ अवधारणालाई समेटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।