काठमाडौं- सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा सामान्य अंकको सुधार देखिएको छ। सोमबार नेप्से परिसूचक १ दशमलव ७४ अंकले बढेर १ हजार ५ सय ७८ दशमलव ०१ अंकमा कायम भएको छ।
सोमबार १ सय ८९ वटा कम्पनीको ६८ लाख १५ हजार ७१० कित्ता सेयर ३१ हजार ८ सय ३७ पटक खरिद बिक्री हुँदा १ अर्ब ९४ करोड ९० लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ३७ अंकले बढेर ३ सय १३ दशमलव १० अंकमा कायम भएको छ।
आज विकास बैंक समूहको उपसुचकमा औसतभन्दा बढी वृद्धि देखिएको छ। बैंकिङ, व्यापार, होटल, विकास बैंक र लघुवित्त समुहको उपसुचक क्रमशः २ दशमलव २९, २ दशमलव १६, ६ दशमलव ९४, ७९ दशमलव १२ र ३ दशमलव ९३ अंकले बढेको छ। अरु सबै समुहको उपसुचक घटेको छ। सबैभन्दा धेरै जीवन बिमा कम्पनीको उपसुचक २८ दशमलव ३७ अंकले घटेको छ।
त्यस्तै जलविद्युत समूह ७ दशमलव १२, वित्त समूह ११ दशमलव ६६, निर्जीवन बिमा समूह १२ दशमलव २१, उत्पादन समूह १५ दशमलव ५२ र अन्य समूह १ दशमलव ८३ अंकले घटेको छ।
कारोबार रकम र सेयर संख्याका आधारमासबैभन्दा धेरै मुक्तिनाथ विकास बैंक लिमिटेडको १६ करोड ५० लाख रुपैयाँ बराबरको ४ लाख ६० हजार ४ सय ७८ कित्ता सेयर कारोबार भएको छ।
मुक्तिनाथ विकास बैंक लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलव ८५ प्रतिशतका दरले कमाएका छन भने सबैभन्दा धेरै गुमाउनेमा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ६ दशमलव ०५ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।