फाइल तस्बिर
काठमाडौं–सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विमानस्थलमा अब नियमित उडान हुने भएको छ।
केही समय अगाडिमात्रै परीक्षण उडान भएको बझाङ, बाजुरा र बैतडीमा नियमित उडान हुन लागको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार २ दशकभन्दा अगाडिबाट उडान हुन नसकेका यी विमानस्थलहरुमा अब नियमित उडान हुनेछन्।
विमानस्थलको स्तरोन्नतिपछि सुदूरका तीन विमानस्थलमा धनगढीबाट नियमित उडान हुने भएको हो।
बझाङमा हप्ताको २ दिन मंगलबार र शुक्रबार उडान हुनेछ । यसैगरी बाजुरामा एक दिन शुक्रबार र बैतडीमा एक दिन मंगलबार उडान हुने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए।
२०३५ सालमा निर्माण भएको बझाङ विमानस्थलमा २०६५ सालदेखि उडान बन्द भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।