काठमाडौं– अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री सुरक्षा भट्टराईलाई लिएर फिल्म 'गोपी' बन्ने भएको छ।
बुधबार पत्रकार सम्मेलन गरी फिल्म निर्माणको घोषणा गरियो। 'घामपानी' बाट निर्देशनमा डेब्यु गरेर सफलता पाएका सञ्चारकर्मी दीपेन्द्र लामाले फिल्मको निर्देशन गर्नेछन्। फिल्ममा सामीप्यराज तिमिल्सिनाको पटकथा रहेको छ।
आरोही केसी निर्माता रहेको फिल्ममा फोटो पत्रकार श्रीधर पौडेल कार्यकारी निर्माता हुन्।
आफ्नै देशमा उद्यमशीलतामा रमाउन चाहने युवाको कथामा निर्माण गर्न लागिएको फिल्ममा खगेन्द्र र सुरक्षाका साथै अंकित खड्का, प्रकाश घिमिरे लगायत कलाकारहरुको अभिनय रहनेछ।
कार्यक्रममा बोल्दै खगेन्द्रले फिल्म 'बधशाला' बाहेक सबै फिल्ममा आफ्नै कथा लेखनमा अभिनय गर्दै आए पनि पुनः अरुको कथामा अभिनय गर्नलागेको बताए। यस्तै, अभिनेत्री सुरक्षाले स्क्रिप्ट राम्रो भएकाले फिल्ममा अनुबन्धित भएको बताइन्।
फिल्म युनिटले भदौ १ गतेदेखि सुटिङ सुटिङ सुरु गर्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।