काठमाडौं- सेवानिवृत सरकारी कर्मचारीले पेन्सन बुझ्नका लागि खाता सक्रिय राख्नुपर्ने व्यवस्था हाललाई सम्बन्धित निवृत्तभरण व्यवस्थापन कार्यालयबाटै गर्न महालेखा नियन्त्रक कार्यालयले परिपत्र गरेको छ।
सरकारको संचित कोषबाट स्वीकृत बजेटको परिधिभित्र रही सरकारी सेवाबाट सेवानिवृत पाइरहेका निवृत्तभरकले हरेक ६/६ महिनामा सम्बन्धित बैंकमा उपस्थित भई आफ्नो खाता सक्रिय गर्नुपर्ने व्यवस्था रहेको छ। तर हालको विश्वव्यापी कोरोना महामारीको संक्रमणको कारणले यसरी उपस्थित हुनुपर्ने व्यवस्था अनिवार्य नगर्न महालेखाले परिपत्र गरेको हो।
यो परिपत्रपछि अब पेन्सन पाउने व्यक्तिले २०७७ मंसिर समान्तसम्म निवृत्तभरण व्यवस्थापन कार्यालयमार्फत् नै निवृत्तीभरण खाता सक्रिय गराई रकम भुक्तानी लिनसक्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।