फाइल तस्बिर काठमाडौं- राष्ट्रिय खेलकुद परिषद्मा ९ जना सदस्य मनोनयन गर्ने निर्णय सरकारले गरेको छ। बिहीबारको मन्त्रिषरिषद बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राखेपमा १० सदस्य मनोनयन गर्ने निर्णय गरिएको जानकारी दिएका हुन्।
राखेप सदस्य मनोनयन हुनेहरूपमा निम्न बमोजिम छन्।
१. श्री हरि खड्का चन्द्रगढी-१०, झापा
२. श्री मानदेव हजरा विरगंज पर्सा
३. बाग्मती श्री पुरेन्द्र विक्रम लाखे ठैब-५,ललितपुर
४. गण्डकी श्री राजेश कुमार गुरुङ पोखरा -१५, कास्की जनजाती
५. श्री सुमित्रा चौधरी वदैयाताल-८, बर्दिया
६. कर्णाली श्री नन्दा बस्याल विरेन्द्रनगर-६, सुर्खेत
७. सुदुरपश्चिम श्री ऐकेन्द्र कुँवर अछाम
८. श्री चन्द्रबदना राई नेपालेडाँडा-६, भोजपुर
९. श्री मोहम्मद सागिर शेख पर्सा ।
२०७७ साल असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु:
अर्थ मन्त्रालय
निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समितिको अध्यक्ष पदमा अर्थ मन्त्रालयका सचिव (राजस्व) श्री रामशरण पुडासैनीलाई तोक्ने।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
पेट्रोलियम पदार्थ तथा ग्याँस मूल्य स्थिरीकरण कोष (सञ्चालन) (दोस्रो संशोधन) नियमावली, २०७७ स्वीकृत गर्ने।
मिति २०७६/१२/२४ को नेपाल राजपत्रमा प्रकाशित उद्योग, वाणिज्य तथा आपूर्तिको मन्त्रालयको सूचनामा देहायबमोजिमको संशोधन गरी संशोधित सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने।
(क) उक्त सूचनाको खण्ड (ङ) भाग २२ को तयारी मदिराको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाउने।
(च) उक्त सूचनाको खण्ड (च) को पैठारी हुने अमेरिकी डलर पचास हजार भन्दा बढी मूल्यको सवारी साधन पछि देहायबमोजिमको वाक्यांश थप गर्ने
"तर विदेशी कूटनीतिक नियोगहरु, कूटनीतिक सुविधा प्राप्त अन्तर्राष्ट्रिय संघ संस्था एवं त्यहाँ कार्यरत कूटनीतिक सुविधा प्राप्त विदेशी कर्मचारीहरुले निजी प्रयोगका लागि ल्याउने पचास हजार अमेरिकी डलर भन्दा बढी मूल्यको सवारी साधन आयात गर्न बाधा पर्ने छैन।"
कानुन, न्याय, तथा संसदीय मामिला मन्त्रालय
फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी सो ऐनका प्रारम्भ हुन बाँकी रहेका दफाहरुमध्ये दफा १७ को खण्ड (छ) र दफा २४ नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिदेखि प्रारम्भ हुने गरी तोक्ने।
गृह मन्त्रालय
सशस्त्र प्रहरी बल, नेपालको विद्यमान जनशक्तिबाट राजश्व अनुसन्धान विभागमा सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ५० जना र उक्त विभाग मातहतका चार वटा कार्यालयहरुमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको नफ्री खटाउन स्वीकृति दिने।
युवा तथा खेलकुद मन्त्रालय
राष्ट्रिय खेलकुद परिषद्मा देहायबमोजिमका सदस्यहरू मनोनयन गर्नेः
१. श्री हरि खड्का चन्द्रगढी-१०, झापा
२. श्री मानदेव हजरा विरगंज पर्सा
३. बाग्मती श्री पुरेन्द्र विक्रम लाखे ठैब-५,ललितपुर
४. गण्डकी श्री राजेश कुमार गुरुङ पोखरा -१५, कास्की जनजाती
५. श्री सुमित्रा चौधरी वदैयाताल-८, बर्दिया
६. कर्णाली श्री नन्दा बस्याल विरेन्द्रनगर-६, सुर्खेत
७. सुदुरपश्चिम श्री ऐकेन्द्र कुँवर अछाम
८. श्री चन्द्रबदना राई नेपालेडाँडा-६, भोजपुर
९. श्री मोहम्मद सागिर शेख पर्सा ।
वन तथा वातावरण मन्त्रालय
पोखरा महानगरपालिकालाई उक्त महानगरपालिकाको वडा नं.३१ को वडा कार्यालय भवनसहितको प्रशासनिक केन्द्र निर्माण गर्नका लागि कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं.३१ मा रहेको फिल्डबुकमा जंगल जनिइ राष्ट्रिय वन क्षेत्रका रुपमा ब्यवस्थापन भैरहेको कूल क्षेत्रफल ८-१२-०-३ रोपनी मध्ये ३ रोपनी राष्ट्रिय वन क्षेत्र मात्र प्रयोग गर्न स्वीकृति दिने।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
लुम्बिनी विकास कोषमा सदस्य सचिव पदमा काठमाडौं महानगरपालिका वडा नं.२१ निवासी श्री सानुराजा शाक्यलाई नियुक्ति गर्ने।
नेपाल वायु सेवा निगमको महाप्रवन्धक पदमा काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं. ६ निवासी श्री डिमप्रसाद पौडेललाई नियुक्ति गर्ने।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र विकास समितिको अध्यक्ष पदमा डा. वसिष्ट प्रसाद रिजाललाई मनोनयन गर्ने।
सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा विदुर-३, नुवाकोट निवासी डा. बाबुराजा अमात्यलाई मनोनयन गर्ने।
औषधि परामर्श परिषदका सदस्यहरुमा देहायका पदाधिकारीहरूलाई मनोनयन गर्नेः
१. प्रा.डा. संघरत्न बज्रचार्य, काठमाडौ-२५, काठमाडौ।
२. श्री बाबुराम हुमागाइँ, पनौती-१०, काभ्रपलाञ्चोक।
३. श्री दिपक प्रसाद दाहाल, तल्लोगोदार-३, धनुषा।
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र विकास समिति अध्यक्षमा मेहलटारी-३, स्याङ्जा निवासी प्रा.डा. देव बहादुर रोका क्षेत्रीलाई मनोनयन गर्ने।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम नियमावली (सञ्चालन कार्यविधि), २०७७ स्वीकृत गर्ने।
राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव श्री भरतराज पौड्याललाई नेपाल प्रशासन सेवाको समूहीकरण (क्लष्टर) तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा बढुवा गरी परराष्ट्र मन्त्रालयमा पदस्थापन गर्ने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।