काठमाडौं- झुटा तथा नक्कली मूल्य अभिवृद्धि करको बिजक प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा दुई फर्मविरुद्ध २३ करोड २२ लाख रूपैयाँ विगो दावीसहित मुद्दा दायर भएको छ। राजस्व अनुसन्धान विभागले मनिष ट्रेडिङ कन्सर्न र सहारा एन्ड खानुत ट्रेडर्सविरुद्ध मुद्दा दायर गरेको थियो।
राजस्व अनुसन्धान विभागका अनुसार महालक्ष्मी नगरपालिका १ ललितपुरमा रहेको मनिष ट्रेडिङ कन्सर्नविरुद्ध १२ करोड २५ लाख रूपैयाँ राजस्व छली गरेको छ। यसको सञ्चालक किशोरी यादवसहित ३ जना विरुद्ध मुद्दा दायर भएको छ।
यसैगरी बाराको रामपुर टोकनी ३ मा रहेको सहारा एन्ड खातुन ट्रेडर्स विरुद्ध ९ करोड ९६ लाख रूपैयाँ बिगो दावी गरी मुद्दा दायर भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।