काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आमाबाबु नभएका बालबालिकाको अभिभावक सरकार बन्नुपर्ने बताएका छन्। संविधानले मौलिक अधिकारका रुपमा शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहारको सुनिश्चित गरेकाले परिवारिक स्याहारबाट बञ्चित बालबालिकाको जिम्मा सरकारले नै लिनुपर्ने उनले बताए।
एसओएस बालग्राग जोरपाटीमा नवनिर्मित भवनको मंगलबार उद्घाटन गर्दै उनले संविधानले मौलिक अधिकारका रुपमा उल्लेख गरेको विषयमा सरोकारवाला निकायको ध्यान पुगे कुनै पनि बालबालिका ती अधिकारबाट बञ्चित नहुने बताए। ‘संविधानको धारा ३९ मा १० उपधारा मार्फत बालबालिकाको अधिकार सुनिश्चित गरिएको छ, ’ उनले भने, ‘बालिबालिकालाई संविधानमा उल्लिखित अधिकार दिन सके कोही बालिबालिका सडकमा हुनुपर्दैन।’
विभिन्न कारणले अभिभावक गुमाएका र सडकमा पुगेका बालाबालिकाको पालनपोषण र शिक्षामा एसओएस लगायत संस्थाले खेलेको भूकिकाको प्रशंसा गर्दै उनले यी संस्थाहरुले उपलब्ध गराएको सेवा सुविधाका कारण लाखौं बालबालिका सुरक्षित वातावरणमा हुर्कंदै गरेको र लाखौं युवाहरु 8मा योगदान दिन योग्य नागरिकको रुपमा सफल जीवनयापन गर्दै गरेको बताए।
विभिन्न निकायबाट प्रयासहरु हुँदाहुदै पनि अझै हजारौं बालबालिका सडकमा रहेको बताउँदै तिमिल्सिनाले बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागि सरकारसँगै सरोकारवाला निकायको ध्यान थप केन्द्रित हुन जरुरी रहेको धारणा राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।