• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन ३, २०८३ Sun, Jul 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

जसका लागि उमेर केवल एक संख्या मात्र हो

७८ पुगे अमिताभ, यी हुन् उत्कृष्ट १० फिल्म
64x64
नेपाल लाइभ सोमबार, असोज २६, २०७७  ०७:४२
1140x725

एजेन्सी-बलिउडमा 'बिग बी'को उपनामले ख्याति कमाएका अमिताभ बच्चन ७८ वर्ष पुगेका छन्। ‘उमेर भनेको केवल एक संख्या हो’ भन्ने उखान उनका लागि निकै सान्दर्भिक हुन्छ। किनकि साढे सात दशकको उमेर पार गरिसक्दा पनि उनको जोश र सक्रियतामा कुनै कमी छैन।

८० को नजिकै रहेका उनी हालैमात्र कोरोना संक्रमणमुक्त भएका छन्। फेरि आफ्नै कर्ममा फर्केका उनी अहिले 'कौन बनेगा करोडपति' शो चलाई रहेका छन्।  

पछिल्लो चार दशकमा कहिले ‘विजय’ बनेर त कहिले ‘पा’को भूमिकामा अमिताभ छाउँदै आएका छन्। ७८ वर्षको उमेर सामान्यतया रिटायर्ड भएर आराम गर्ने समय हो। तर, उनी अझै पनि त्यही जवानीको जोसमा फिल्महरुमा अभिनय गरिरहेका छन्। १९ वर्षयता ‘कौन बनेगा करोडपति’का होस्टको रूपमा देखिँदै आएका उनी अहिले पनि पूरानै जोसमा कार्यक्रम चलाउँछन्। उनको  अभिनयको यात्रा अहिले पनि जारी छ। यद्यपि याे वर्ष कोरोनाका कारणले उनी केही फुर्सदमा छन्। 

अमिताभ पछिल्लो दुई वर्षमा एक–दुई मात्र होइन, पाँच अलग–अलग फिल्ममा देखिए। यसमा सबैभन्दा अगाडि छ, २०१८ को दीपावलीको कोसेली ‘ठग्स अफ हिन्दुस्तान’। यस फिल्ममा पहिलो पटक अमिताभ र आमिर खान एकसाथ देखा परे। सो फिल्मको निर्देशन विजयकृष्णा आचार्यले गरेका छन्। ‘ठग्स अफ हिन्दुस्तान’मा अमिताभ र आमिरका साथै कैटरिना कैफ र फातिमा सना शेख पनि देखा परेका थिए। 

त्यसपछि  अर्को फिल्म हो ‘१०२ नटआउट’।  ‘अमर अकबर एन्थनी’ मा एकसाथ काम गरेका अमिताभ र ऋषि कपुर करिब २६ वर्षपछि यो फिल्ममा फेरि सँगै देखिएका थिए। यस फिल्मको निर्देशन ‘ओएमजी-ओ माई गड’ र ‘अल इज वेल’ जस्ता फिल्म बनाइसकेका उमेश शुक्लाले गरेका थिए। 

यो फिल्म १०२ वर्षीय एक पिता दत्तात्रेय बखारिया र उनका ७५ वर्षका छोरा बाबुको कथा थियो। उक्त कथामा पनि उनी खरो उत्रे। 

अमिताभले काम गरेको अर्को फिल्म हो, प्याडम्यान। ट्विंकल खन्नाको प्रोडक्सन हाउसले बनाएको फिल्ममा अक्षय कुमार महत्वपूर्ण भूमिकामा भए पनि अमिताभ पनि स्टारमै रुपमा थिए। निर्देशक आर बाल्कीको यो फिल्ममा महिलाको मासिक धर्मलाई हेरेर एक व्यक्तिले सस्तो स्यानिटरी प्याड बनाउने कहानी प्रस्तुत गरिएको थियो। 

सन् २००२ मा आएको फिल्म ‘आंखे’ फिल्म धेरै दर्शकको मनमा बसेको थियो। तीन जना दृष्टिविहीन व्यक्तिले बैंक लुटेको कथा रहेको सो फिल्मको सिक्वेल चाँडै बन्ने भनिएको थियो। बलिउडका महानायक अमिताभ बच्चनले थुप्रै सुपरहिट फिल्म दिएका छन्। उनले खेलेका सयौं फिल्ममध्येबाट १० वटा उत्कृष्ट फिल्म छान्न सजिलो छैन। तर, विभिन्न भारतीय सञ्चारमाध्यममा आएका समाचार र समीक्षकहरुका आधारमा अमिताभको जीवनमै हलचल ल्याउने सर्वोत्कृष्ट १० फिल्म यहाँ प्रस्तुत गरिएको छ: 

nimb
nimb
Ncell 2
Ncell 2

१. आनन्द (१९७१)


यो फिल्ममा नायक थिए, सुपरस्टार राजेश खन्ना। बाबु मोसायको चरित्रमा अमिताभ बच्चन सहायक भूमिकामा थिए। तर,सशक्त अभिनयको बलमा अमिताभले दर्शकको ध्यान आफूतिर तान्न सफल भए। आनन्द राजेश खन्नाको श्रेष्ठ फिल्ममध्ये एक मान्न सकिन्छ। तर, फिल्म हेरिसकेपछि अमिताभलाई कुनै दर्शकले पनि भुल्न सक्दैनन्। दोस्रो दर्जाको भूमिका भएर पनि अमिताभले यो फिल्ममार्फत् बलिउडमा आफ्नो उपस्थिति सशक्त ढंगले दर्शाए।

२. जंजीर (१९७३)

बलिउडका दिग्गज कलाकारले अस्वीकार गरिदिएपछि बाध्य भएर निर्देशक प्रकाश मेहराले अमिताभ बच्चनलाई हिरो बनाएका थिए। कलाकार प्राणसँग जब अमिताभले पहिलो दृश्य दिए, प्राणले मेहरालाई कुनामा लगेर भने, 'यो केटो एक दिन बलिउडको सुपरस्टार बन्ने छ। फिल्म जंजीरबाटै अमिताभ योङ एंग्री म्यानले चिनिन थाले। यो फिल्म सुपरहिट भएपछि अमिताभले कहिल्यै पछाडि फर्कनु परेन।

३. दिवार (१९७५)

सन् १९७० को दशकमा नायकले नकारात्मक भूमिका निभाउन मन पराउँदैनथे। तर, दिवारमा अमिताभ खलचरित्रमा देखापरेका थिए। नकारात्मक भूमिका भएर पनि दर्शकले अमिताभलाई खुब मन पराए।

४. शोले (१९७५)

हिन्दी फिल्म जगतकै सफलतम फिल्ममध्ये एक शोलेमा जय र वीरुको जोडीको निकै प्रशंसा भयो। वीरुको तुलनामा जय कम बोल्थे। अमिताभले विनासंवाद आँखा र अनुहारको भावले धेरै दृश्यलाई अविस्मरणीय बनाइदिए। सहनायक जस्तो देखिए पनि यो फिल्ममा अमिताभलाई निकै रुचाइएको थियो।

५. अमर अकबर एन्थोनी (१९७७)
मनमोहन देसाईको ठेट मसला फिल्ममध्ये एक 'अमर अकबर एन्थोनी'मा अमिताभ एन्थोनीको भूमिकामा थिए। अमिताभ एक्लैले यो फिल्ममा दर्शकलाई पेट मिचीमिची हसाएका थिए। यो यस्तो समय थियो, अमिताभले पर्दामा जस्तोसुकै हर्कत गरे पनि दर्शक कुनै तर्क-वितर्क गर्दैनथे।

६. शक्ति (१९८२)

यो सफलता प्राप्त गर्न सकेको फिल्म मानिँदैन। तर दर्शकले दुई जना महान अभिनेतालाई सँगै देख्ने अवसर प्राप्त गरेका थिए यो फिल्ममा। फिल्म शक्तिमा अमिताभसँगै अर्का महानायक दीलिपकुमार पनि थिए। अमिताभलाई यो फिल्ममा अभिनय गर्न निकै मुस्किल भएको थियो। उनलाई कैयौं पटक रिटेक दिनुपरेको थियो। यो फिल्ममा कसले राम्रो अभिनय गरेको थियो भनेर अहिलेसम्म पनि बहस जारी छ।

७. अग्निपथ (१९९०)

फिल्म अग्निपथ बक्स अफिसमा असफल भएको थियो। तर पछि टेलिभिजनमा निकै लोकप्रियता प्राप्त गर्‍यो। यो फिल्ममा अमिताभले गरेको उत्कृष्ट अभिनयलाई अहिले पनि सम्झने गरिन्छ। अमिताभले यो फिल्ममार्फत् आफ्नो शैली परिवर्तन गरेका थिए। उनले आवाज बदलेका थिए। तर अमिताभको यो प्रयोग दर्शकले रुचाएनन्। तर बेजोड अभिनयका कारण अग्निपथबाट अमिताभलाई सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो।

८. ब्ल्याक (२००५)

देवराज सहायको भूमिका निभाएर यस फिल्ममार्फत् आफूले अभिनयको शिखर चुमेझैं लाग्छ अमिताभलाई। फिल्म ब्ल्याकमाथि उनी गर्व गर्छन्। यो फिल्म हेरिसकेपछि लाग्छ, अमिताभको अभिनयको कुनै सीमा नै छैन। उनले यही फिल्ममार्फत् एक चरित्र अभिनेताको रुपमा समेत आफूलाई अब्बल सावित गरेका थिए।

९. पा (२००९)

फिल्म 'पा'मा अमिताभले १२ वर्षीय प्रोगेरिया पीडितको भूमिका निभाएका छन्। १२ वर्षीय ती पीडित सानै उमेरमा पनि ७० वर्षीय वृद्धजस्ता देखिन्छन्। यो भूमिका अमिताभले यति सहज ढंगले निर्वाह गरे कि, उनलाई चिन्न नै गाह्रो पर्थ्यो। त्यो पात्रको सोच १२ वर्षको बच्चा जस्तो थियो भने शरीर भने ७० वर्षको जस्तो। फिल्म पाबाट अमिताभले उत्कृष्ट अभिनेताको राष्ट्रिय पुरस्कार प्राप्त गरेका थिए।

१०. पिकु (२०१५)


फिल्म पिकुमा अमिताभले बंगाली पात्रको भूमिका निर्वाह गरेका छन्। ती बंगाली पात्र कब्जियतको शिकार हुन्छन्। अमिताभले यो भूमिका यति सशक्त ढंगले निभाए कि, दर्शक दंग परे। उत्कृष्ट अभिनयका लागि अमिताभलले यो फिल्मबाट पनि राष्ट्रिय पुरस्कार प्राप्त गरेका थिए। 

(यो सामग्री बिबिसी हिन्दी, बलिवुड हंगामा, द क्वान्टलगायतको सहयोगमा तयार पारिएको हो) 

प्रकाशित मिति: सोमबार, असोज २६, २०७७  ०७:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लागुऔषध कारोबारी समात्न कुलेश्वरमा प्रहरीले गोली चलायो
किन बन्द भयो फेसबूक?
बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो : ओली
सम्बन्धित सामग्री
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको संयुक्त इजलासले यसअघि चलचित्र लालीबजार प्रदर्शनमा रोक ल... बुधबार, वैशाख २३, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइर... मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । सोमबार, वैशाख १४, २०८३
ताजा समाचारसबै
लागुऔषध कारोबारी समात्न कुलेश्वरमा प्रहरीले गोली चलायो आइतबार, साउन ३, २०८३
किन बन्द भयो फेसबूक? आइतबार, साउन ३, २०८३
बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो : ओली आइतबार, साउन ३, २०८३
बिनु र निहारिकालाई गृहमन्त्रीसँग भेट्ने वातावरण बनाइदिन संसदीय समितिको आग्रह आइतबार, साउन ३, २०८३
सुनचाँदीको मूल्य वृद्धि आइतबार, साउन ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
आज यी प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह शनिबार, साउन २, २०८३
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ शनिबार, साउन २, २०८३
प्रेमिकालाई बोलाइदिन माग गर्दै टेलिकमको टावर चढेका युवकको उद्धार आइतबार, साउन ३, २०८३
सर्पको टोकाइबाट कसरी जोगिने? टोकिहालेमा के गर्ने? शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्