काठमाडौं-आरएसडिसी लघुवित्ती वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १२.६३ प्रतिशत लाभांस दिने घोषणा गरेको छ। संस्थाले नाफाबाट ९ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ३.६३ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो। उक्त प्रस्ताव साधारणसभाबाट पारित भए पछि शेयरधनीले प्राप्त गर्न सक्ने छन्।
संस्थाले गत वर्ष ६ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांस दिएको थियो। यस वर्ष कोभिडका कारण नाफामा गिरावट आएको हो। शेयरधनीले ६ करोड ४ लाख रुपैयाँ नगद लाभांस र २ करोड ४३ लाख रुपैयाँ नगद लाभांस प्राप्त गर्न सक्ने छन्।
संस्थाको हालको चुक्ता पुँजी ६७ करोड १५ लाख रुपैयाँ छ। बोनस शेयर वितरण पछि चुक्ता पुँजी ७३ करोड १९ लाख रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।