काठमाडौं-साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ।
आइतबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँ तोकिएको छ। शुक्रबार छपावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको हो। शुक्रबार प्रतितोला ११ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबारका लागि १२ सय ३५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।