काठमाडौं- शनिबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) २७ दिनदेखिको आमरण अनसन अन्त्य गर्न डा केसीलाई सरकारको आग्रह, ’वार्ता प्रक्रिया लम्ब्याएर केसीको ज्यानै लिने नियत उदांगो भएको केसीको तर्फबाट गठित वार्ता टोलीको आरोप
२) नेपालमा थप १४ जना कोरोना संक्रमितको मृत्यु, ६१४ पुगे मृतक, काठमाडौं उपत्यकामा २ हजार ६७२ सहित एकदिनमा हालसम्मकै बढी ५ हजार ८ जनामा संक्रमण
३) विशाल ग्रुपले बेच्ने सामग्रीमा ‘रिलेबलिङ’को धन्दा २ वर्षदेखि चलिरहेको पुष्टि, आयान डिस्टिब्युटर्सका सञ्चालक पुष्पादेवी अग्रवाललाई १ करोड धरौटी माग, म्यानेजर बोथ्रालाई एक वर्ष जेल सजाय
४) पाकिस्तानद्वारा चिनियाँ भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध, ‘अनैतिक र अश्लील’ सामग्री फिल्टर गर्न असफल भएका कारण प्रतिबन्ध लगाइएको पाकिस्तानी सरकारको भनाइ
५) र, फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत पहिलो खेलमा ब्राजिलको सहज जित, घरेलु मैदानमा शनिबार बिहान भएको खेलमा बोलोभिया ५–० गोल अन्तरले पराजित
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।