काठमाडौं- नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा डिम प्रकाश पौडेल नियुक्त भएका छन्। मन्त्रिपरिषदको विहीबारको बैठकले ४ वर्षका लागि पौडेललाई निगमको प्रमुख बनाएको हो।
पौडेल अहिले निगमकै सञ्चालक समिति सदस्य थिए। सरकारले उनलाई असारमा निगम सञ्चालक नियुक्त गरेको थियो।
पौडेल चार्टर्ड एकाउन्टेन्ट हुन्। निगमको महाप्रबन्धक हुने भएपछि उनले केही दिनअघि बतास अर्गनाइजेसनको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका थिए।
निगममा पूर्वसचिव सुशील घिमिरे कार्यकारी अध्यक्षका रूपमा कार्यरत थिए। अब उनी अध्यक्षको भूमिकामा रहनेछन्।
यसैगरी मन्त्रिपरिषदको बैठकले लुम्बिनी विकास कोषको सदस्य सचिवमा सानुराजा शाक्यलाई नियुक्त गरेको छ। काठमाडौंका शाक्य बुद्धिजममा स्नातकोत्तर हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।