काठमाडौं- बिहीबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) रिक्त रहेका अर्थ, सञ्चार र सहकारी विकास गरी तीन मन्त्री तत्काल नियुक्त गर्ने नेकपा अध्यक्षद्वयबीच समझदारी, औपचारिक पुनर्गठन भने दशैं तिहारपछि मात्रै । ( रिक्त रहेका तीन मन्त्री तत्काल नियुक्त हुने )
२) नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु, ५९० पुगे मृतक, काठमाडौं उपत्यकामा २ हजार ५४० सहित ४ हजार ३६४ जनामा संक्रमण, ९८ हजार ६१७ पुगे संक्रमित । ( नेपालमा ५९० पुगे मृतक )
३) यो वर्ष नेपालको आर्थिक वृद्धिदर ०.२ प्रतिशतमा खुम्चिने विश्व बैंकको प्रक्षेपण, आउँदो वर्ष ०.६ प्रतिशतसम्म पुग्ने अनुमान, अर्धवार्षिक तथ्यांकअनुसार दक्षिण एसिया हालसम्मकै सुक्ष्म मन्दीमा । ( यो वर्ष आर्थिक वृद्धिदर ०.२ प्रतिशत )
४) फिनल्यान्डमा एक दिनका लागि प्रधानमन्त्री बनिन् १६ वर्षीया एभा मुर्तो, प्रधानमन्त्री सन्ना मरिनद्वारा लैङ्गिक भिन्नता अन्त्यको निम्ति लड्न थप कदम उठाउँदै बुधवार कुर्सी हस्तान्तरण । ( फिनल्यान्डमा एभा बनिन् एक दिन प्रधानमन्त्री )
५) र, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा युक्रेनविरुद्ध फ्रान्सको फराकिलो गोल अन्तरको जित, ओलिभर जिराउडको दुई गोलमा युक्रेन ७–१ गोल अन्तरले पराजित । ( युक्रेनविरुद्ध फ्रान्सको फराकिलो जित )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।