• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार-विश्लेषण

बलिउडमाथि अचानक हमला बढ्नुको रहस्य के?

सिद्धार्थ भाटिया बिहीबार, असोज २२, २०७७  १७:५४
1140x725

सन् १९३३ मा जर्मनीको नाजी सरकारका प्रोपोगान्डामन्त्री एवं कट्टर यहुदी विरोधी जोसेफ गोएबल्सले जर्मन फिल्म निर्देशक फ्रिट्ज ल्याङलाई आफ्नो पक्षमा आउन आग्रह गरे।

ल्याङ त्यो समय जर्मनीका चर्चित फिल्म निर्देशक थिए। उनले त्यो बेला 'मेट्रोपोलिस' नामक फिल्म बनाएका थिए। जुन त्यो कठिन समयमा बाँचिरहेको दुनियाँ र वर्ग विभेदमाथि आधारित थियो।

त्यो समय कति मान्छेले यस फिल्मलाई कम्युनिस्ट एजेन्डा अघि बढाउने फिल्मका नजरियाबाट हेरे। तर ल्याङलाई थाहा थियो कि यसमा एक नाजी समर्थक सन्देश मौन रुपमा घुसेको थियो,  मुख्य रुपमा उनको पटकथा लेखक वोन हरबुका कारण।

केही वर्षपछि ल्याङले नै उक्त फिल्म आफ्नो मान्नबाट अस्वीकार गरिदिए। गोएबल्सले 'मेट्रोपोलिस' मन पराएका थिए।  उनले ल्याङका अघि सिधै प्रस्ताव गरे– नाजी सरकार उनलाई राष्ट्रवादी समाजवादी फिल्म निर्माण गरुन् भन्ने चाहन्छ।

सायद सरकारको फिल्म उत्पादन युनिटका निर्देशक बनाउन चाहन्थे गोएबल्स। जसले ल्याङलाई फिल्म क्षेत्रको शाहन्शाह बनाउन सक्थ्यो।

ल्याङ स्मरण गर्छन्,'त्यो दिन म घर आएँ। आफ्ना सामान कुम्ल्याएँ र पेरिसको छोटा यात्रामा निस्केँ। त्यसपछि सन् १९५० को दशकको अन्तिमसम्म जर्मनी फर्किनँ।' 

त्यतिबेलासम्म उनी अमेरिकामा निकै प्रसिद्ध फिल्म निर्देशक बनिसकेका थिए। 'द बिग हिट'जस्ता कालजयी फिल्म बनाइसकेका थिए। 

नाजी अर्को व्यक्तिकहाँ पनि गए। मुख्यगरी धेरै फिल्म निर्माण गर्ने तथा हिटलरकी ठूली प्रशंसक अभिनेत्री निर्देशक लेनी रिफेन्सतालकहाँ गए। उनका दुई फिल्म 'ट्रायम्फ अफ द विल' र ओलिम्पियाको राम्रो डक्युमेन्ट्री 'सुमार' बनिसकेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

संसारका अनेक सरकारको जस्तै नाजीको पनि फिल्मतर्फ गहिरो प्रेम थियो। जनमत बढाउन यसको महत्वपूर्ण भूमिका हुने महसुस गरेर उनीहरुले आफ्नो पक्षमा ल्याउन चाहे। 

फिल्म क्षेत्रका मानिसलाई कम्युनिस्टप्रति झुकाव भएकाहरुका रुपमा हेरिन्छन्। 

संसारका सबै ठाउँमा (चाहे अमेरिका होस् वा भारत), सबैतिर फिल्म क्षेत्रका मानिसलाई कम्युनिस्टप्रति झुकाव भएकाहरुका रुपमा हेरिन्छन्। 

सिर्जनशील व्यक्ति प्रायस: स्वतन्त्र, यहाँसम्मकी अराजक खालका समेत हुन्छन्। उनीहरुले के गर्नुपर्छ, त्यसको आदेश दिन सकिँदैन र विशेषगरी सरकार वा कुनै राजनीतिक पार्टीका अनुसार चल्ने सुझाव त दिनै सकिँदैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

फिल्ममा (हिन्दीमा पनि) स्वतन्त्रता र प्रगतिशीलताको प्रदर्शन गरिन्छ। यो कुराले अक्सर रुढीबादी राजनीतिज्ञलाई तनाव दिन्छ। अमेरिकाका नेताहरुले पनि बेलाबखत हलिउडको निन्दा गर्छन्। 

यसका साथै तथ्य यो पनि छ कि हलिउडका कति हस्तीहरु निशंकोच र जोडदार रुपमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोध गर्छन्। यस्तो गर्नेहरुमा रोबर्ट डी निरो, मेरिल स्ट्रिप र जर्ज क्लुनीसम्मको नाम छ। 

भारतीय फिल्म उद्योगमा यसरी प्रस्तुत हुने व्यक्ति कम छन्। अनुराग कश्यप र प्रकाशराज अपवाद मानिन्छन्। जबकी तमिल फिल्ममा यस्ता प्रशस्त नाम छन् र नेताहरु उनीहरुलाई आफ्नो पक्षमा ल्याउने तरिका खोजिरहन्छन्।

भारतका फिल्म उद्योगमा कति मान्छेमाथि प्रवर्तन निर्देशनालयजस्ता सरकारी एजेन्सी र टेलिभिजन वा बलिउडभित्रैका मान्छेहरुले निशाना साँधिरहेका छन्।

अचानक भाजपा र यसको विचारको खुलेर वा अप्रत्यक्ष तरिकाले विरोध गर्ने फिल्म अभिनेता र निर्देशकमाथि सवैको दुखेसो रहेको देखिन थालेको छ। 

सन् १९३० को उत्तरार्द्धमा अमेरिकाको प्रतिनिधिसभाले आम नागरिकमाझ कम्युनिस्ट समर्थक पहिचान र पड्ताल गर्नका लागि एक हाउस अन अमेरिकन एक्टिभिटिज कमिटी गठन गरिएको थियो। र सन् १९४७ मा हलिउडका कति हस्तिलाई बोलाएर सोधुपुछ गरिएको थियो। 

फिल्म निर्माता कम्पनीले तीन सय भन्दा बढी महिला तथा पुरुषलाई प्रतिबन्ध लगाइदिएका थिए। उनीहरूको करियर सकियो। काम पाउनै मुस्किल पर्‍यो।

चार्ली च्याप्लिन, वर्सन वेल्स र पल रब्सन जस्ता कति चर्चित हस्तीले देश छाडिदिए। डाल्टन ट्रम्बो जस्ता कति व्यक्ति भूमिगत भएर छद्म नामबाट लेखिरहे। कति त जेल समेत परे।

कमिटीमा बोलाइएका कति व्यक्तिले आफ्ना साथीहरु जो कम्युनिस्ट कहलिन्थे उनीहरुको नाम लिन अस्वीकार गरिदिए। बदलाको यो कारबाही रोकिएन र सन् १९५० को दशकमा जफ म्याकार्थीले बुद्धिजीवी, हलिउड स्टार र लेखकबीच तथाकथित कम्युनिस्टको खोज जारी राखे।

भारतमा पनि आपत्कालीन अवस्थामा फिल्म उद्योगका हस्तीहरुलाई सरकारले पक्षमा ल्याउने कोसिस गरिरहन्छ। किशोर कुमार जस्ता व्यक्तिले सत्ताका लागि गाउन अस्वीकार गरिदए। यही कारणले उनका गीत अलइन्डिया रेडियोमा बजाउन प्रतिबन्ध लाग्यो।

'किस्सा कुर्सीका' फिल्मलाई कहिल्यै रिलिज हुन दिइएन। सूचना तथा प्रशारण मन्त्री बीसी शुक्लाले फिल्म उद्योगमा असाधारण रुचि दर्शाए। उनी एकपल्ट एउटा शिष्टमण्डलका साथ क्यानडा पनि गए। जहाँ उनले राति अभिनेत्री विद्या सिन्हाको ढोका ढकढक्याएका थिए। उनले भनेका थिए, 'म पनि विद्या। तिमी पनि विद्या।'

भाजपाले सधैं हिन्दी फिल्म जगतलाई निकट बनाउन कोसिस गरिरह्यो। प्रधानमन्त्री नरेन्द्र मोदी कलाकारसँग कुराकानी गर्न र सेल्फी खिच्न रुचाउँछन्।

असहमति र भिन्न विचार भाजपा र यसका समर्थकलाई रुचिकर नलाग्ने धेरैले महसुस गरेका छन्।

चलचित्र उद्योगले पनि खुशीखुशी प्रतिक्रिया दिइरहेको छ– चुनावभन्दा पहिले अक्षयकुमारले प्रधानमन्त्रीको एक लामो अन्तर्वार्ता लिएका थिए। उनले मोदीलाई सहज प्रश्न सोधेका थिए। 

यही बीच राष्ट्रवादी फिल्मको एउटा ज्वाला उठ्यो। जहाँ अक्सर इतिहासको तोडमरोड संस्करण पेश गरिएको हुन्छ। जहाँ अतीतका कहानीको र मिथकहरुको विजयी स्वरमा पाठ भइरहेको हुन्छ। 

कंगना रनौतले प्रसिद्ध व्यक्तिहरु (जसमा करन जोहदेखि अब जया बच्चन समेत सम्मलित छन्) का विरुद्ध अभियान चलाएकी छिन्। जबकी उनको निशानामा सामान्य रुपमा हेर्दा भाजपासँग नजिक नरहेका उदारवादीहरु छन्। 

देशप्रेम र देशभक्ति अहिले बलिउडमा निकै प्रचलित छन्। असहमति र भिन्न विचार भाजपा र यसका समर्थकलाई रुचिकर नलाग्ने धेरैले महसुस गरेका छन्।

भारतमा रहेको असहिष्णुतालाई लिएर आमिर खानले सानो स्वरमा भएपनि आफ्नी श्रीमतीको डरका बारेमा बताएका थिए र देश छाड्ने योजनाबारे सुनाएका थिए। यो सन् २०१५ को कुरा हो। त्यो मोदीको सरकार आएको एक वर्षपछिको कुरा थियो।

त्यसपछि उनले 'स्न्यापडिल'को विज्ञापन गुमाए। स्न्यापडिल पनि आलोचनाको शिकार भयो। दिवंगत नेता मोनोहर पर्रिकर, जो त्यो समय केन्द्रमा मन्त्री थिए। उनले यस्तो कुरा गर्नेलाई सबक सिकाउने घोषणा गरेका थिए।

उनको चाहना अनुरुपकै यसको प्रभाव पर्‍यो। अचानक फिल्म उद्योगका ठूला नामको आवाज हरायो। उनीहरुले अभिव्यक्ति स्वतन्त्रताको ठाउँमा निरपेक्षतालाई चुने।

अनुराग कश्यप र रिचा चड्डा ट्विटरमा आफ्ना खुला विचारका साथ धेरैपल्ट उपस्थित भएका छन्। अनुराग त लगातार सरकारलाई निशाना बनाइरहेका हुन्छन्।

के दीपिका पादुकोण ड्रग्सको जाँचका मामलामा जोडिनु संयोग हो? कश्यपमाथि एक अभिनेत्री (जसले अनुरागसँग कहिल्यै भेट नभएको स्वीकार गरिसकिन्)ले यौन शोषणको आरोप लगाउनु र चड्डालाई यसमा मुछ्नु पनि संयोग मात्रै होला?

यी सब कुरामा सरकार वा कुनै नेता सिधै सक्रिय नहोलान्। तर सन्देश स्पष्ट छ– यदि तपाईं आवाज उठाउनुहुन्छ भने तपाईंले यसको हानी बेहोर्नुपर्छ। सरकारसँग असहमत हुने सवैका लागि यो एउटा चेतावनी हो। 

भाजपा र संघ परिवारका लागि बलिउडमाथि पकड बलियो बनाउनु भन्दा राम्रो अरु केही हुन सक्दैन। यो लाखौं करोडौं मान्छेकहाँ आफ्नो कुरा पुर्‍याउने अचुक उपाय हो। र, फिल्म नेटफ्लिक्स र ओटिटीजस्तो प्लेटफर्ममा देखाउन थालिएको छ। यसको महत्व अझ बढेको छ।

मोदी सरकार यी प्लेटफर्मलाई पनि सेन्सरसिपमा ल्याउन चाहन्छ। जसरी ऊ डिजिटल न्युज प्लेटफर्म ल्याउन चाहन्छ।
कल्पना गर्नुहोस्– लाखौं–करोडौं दर्शक आफ्नो फोन र ल्यापटपमा राजनीतिक तरिकाले स्वीकारिएको फिल्म हेरिरहेका छन् र हिन्दुत्वद्वारा स्वीकृत इतिहासका बारेमा जानकारी लिइरहेका छन्। यो एक लोभलाग्दो परियोजना हो।

टिभी न्युज च्यानल पहिलेदिख नै उनीहरुको झोलीमा छ र अखबार पनि सरकारको आलोचनालाई लिएर लगभग मौन छ। स्वभाविक रुपमा फिल्म आगामी निशाना हो र सत्ताधारी दल प्रोपोगान्डा फैलाउन यसको शक्ति जरुर प्रयोग गर्न चाहन्छ।

मोदी सरकारको पहिलो ५ वर्षमा बलिउडमा केही ठूला भाजपा समर्थक फ्लप सावित भएका थिए। उनीहरुको आफ्नो तरिका छ। तर पनि उनीहरु ट्रोलको जालमा फसिरहेका छन्। यसपछि अर्बन नक्सल र सिकुलर जस्ता गाली उदारवादीका विरुद्ध दिइरहेका छन्। 

सबैभन्दा खराब कुरा यही हो कि बलिउडमा सक्षम फिल्म निर्देशक नै छैनन्। सायद त्यसैले भाजपाका उच्चस्तरीय पेशेवरका साथ चाहन्छन् उनीहरु।

एक अन्तर्वार्तामा ल्याङले भनेका छन्– 'मेट्रोपोलिस'मा एक अपराधीद्वारा गरिएको नाजी विरोधी टिप्पणीका लागि मेरो आलोचना होला भन्ने लागेको थियो। तर गोएबल्सले भने कि हिटलरलाई उक्त फिल्म मन पर्‍यो। 

जर्मनीको नाजी सरकार ल्याङ आफ्नो सेवामा रहेको देखाउन चाहन्थ्यो। तर यसको बदला उनले देश नै छाड्ने फैसला गरे। 

बलिउडका ठूला हस्तीद्वारा हिन्दुत्व परियोजनाको हिस्सा बन्नुमा आफ्नो खाशै चित्त दुखाइ नरहेको देखिएको छ। सायद सही ठाउँमा थोरै दबाब परेपछि उनीहरु आफ्नो मन बदलुन्।

(द वायरमा प्रकाशित यो सामग्री डिबी खड्काले भावानुवाद गरेका हुन्।)

प्रकाशित मिति: बिहीबार, असोज २२, २०७७  १७:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
नेपथ्य अस्ट्रेलिया शृंखलाको सुरुवात क्यानबेराबाट हलभित्र पस्ने दर्शकमा फाट्टफुट्ट अस्ट्रेलियन अनुहार पनि देखिन्थे । तिनैमध्येकी एक थिइन् लिन्डा ट्रिग । नेपालमा कूटनीतिज्ञका रूपमा ला... मंगलबार, फागुन २०, २०८१
नेपथ्यको नयाँ भिडियोमा ‘हिमाल चुचुरे’ लोकलयमा आधारित यो पुरानो गीतलाई ब्यान्डले त्यतिखेर ‘पप’ शैलीमा ढालेको थियो । अब भने यो गीत ‘लोक रक’मा रूपान्तरित भएर भिडियोमा देखापर... मंगलबार, फागुन १३, २०८१
कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ आजदेखि  कर्णाली उत्सवको पाँचौँ संस्करणसम्म भएका उपलब्धि भनेकै यसलाई चिन्ने र चिनाउने प्रयास हो भन्दै संयोजक लम्सालले नीतिगत सुझाव सङ्कलन तथा... सोमबार, फागुन ५, २०८१
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्