नयाँ दिल्ली- न्युज ब्रोडकास्टिङ्ग स्ट्यान्डर्स अथोरिटी (भारतीय समाचार प्रशारण प्राधिकरण एनबिएसए)ले सुशान्त सिंह राजपुत हत्या प्रकरणमा अतिरञ्जित रुपमा समाचार प्रकाशन गरेको भन्दै एनबीएलाई १ लाख रूपैयाँ जरिवाना गरेको छ। साथै आजतक, जीन्युज, न्यु २४ र इन्डिया टिभीलाई माफी माग्नसमेत निर्देशन दिएको छ।
एनबिएसएले अतिरञ्जित रुपमा समाचार प्रकाशन प्रशारण गरेको विषयमा स्पष्टीकरण सोध्दै उनीहरुले व्यक्तिको गोपनियतामा खलल पुर्याएको र मृतकको मर्यादामा असर पारेको भनेको छ।
आजतकले प्रकाशन र प्रशारण गरेको तस्बिर र उसको ट्याग लाइन आपत्तिजनक भएको एनबिएसएले जनाएको छ। उसले हिट विकेट ट्याग चलाएको प्रति नियामक निकायले आपत्ति जनाएको छ। एनसिबीएले बनाएको गाइडलाइन्सविपरीतका समाचारहरू प्रकाशन गरेको ठहर पनि गरेको छ।
यी च्यानलहरूले सार्वजनिक सञ्चार माध्यमले पालना गर्नुपर्ने आचार संहिता र मर्यादा उल्लंघन गरेको एनसिएसएको ठहर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।