काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले अवकाश पाएका छन्। २०७२ असोज २३ गते सचिव बढुवा भएका उनले बिहीबार अवकाश पाएका हुन्।
अधिकारीको ५ वर्षेका कार्यकाल बिहीबार सकिएको छ। अधिकारीले सचिवका रूपमा पर्यटन मन्त्रालयका अतिरिक्त प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरेका थिए।
सरकारले त्यतिबेला अधिकारी, हालका मुख्यसचिव शंकरदास बैरागी र अर्का सचिव मोहनकृष्ण सापकोटालाई एकैदिन सचिव बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।