काठमाडौं-सुनको मूल्यमा सामान्य गिरावट आएको छ। बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो।
बिहीबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ तोकिएको छ। बुधबार छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
तर चाँदीको मूल्य भने बढेको छ। बिहीबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको हो। बुधबार प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि ११ सय ८० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।