काठमाडौं- विश्व बैंकको दक्षिण एसियास्तरीय आर्थिक प्रतिवेदनले कोरोना भाइरसका कारण लकडाउन गर्दा सन् २०२० मा नेपालको आर्थिक वृद्धि ०.२ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ। सन् २०२१ मा भने नेपालको अर्थतन्त्रमा ०.६ प्रतिशतले वृद्धिदर देखा पर्ने उसको प्रक्षेपण छ।
बुधबार सार्वजनिक भएको अर्धवार्षिक तथ्यांकअनुसार दक्षिण एसिया हालसम्मकै सुक्ष्म मन्दीमा डुबेको उल्लेख छ। यसबाट दक्षिण एसियामा चरम गरिबी देखा पर्ने उसको अनुमान छ।
पछिल्ला ५ वर्षमा लगातार ६ प्रतिशतको हाराहारीमा रहेको दक्षिण एसियाको अर्थतन्त्रको वृद्धिदर सन् २०२० मा ७.७ प्रतिशतले संकुचित हुने आँकलन गरिएको छ। सन् २०२१ मा क्षेत्रीय वृद्धि ४.५ प्रतिशत रहने विश्व बैंकको पूर्वानुमान छ।
जनसंख्या वृद्धिको अनुपात हेर्दा यस क्षेत्रको प्रतिव्यक्ति आय सन् २०१९ मा अनुमान गरिएभन्दा ६ प्रतिशतले कम रहने पनि उसको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।