• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ २०, २०८२ Tue, Feb 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
भिडियो

डा गोविन्द केसीकी आमा भन्छिन्- सरकार कान र हृदय नभएको 'मान्छे' हो

64x64
नेपाल लाइभ बुधबार, असोज २१, २०७७  २०:२९
1140x725

काठमाडौं- डा केसीकी आमाले त पहिल्यै भनेकी थिइन्– सरकार भनेको कान र हृदय नभएको मान्छे हो।

पुराना विषय इतिहास हुन्छन्। हुनुपर्छ। तर फेरि सान्दर्भिक भएर आए भने त्यो विडम्बना हो। त्यस्तै एउटा विडम्बना हामी पस्किदैछौं। डा गोविन्द केसीकी आमा मित्रकुमारीसँग नेपाललाइभले दुई वर्षअघि उनकै घर पुगेर कुराकानी गरेको थियो। 

त्यो कुराकानी गर्दा डा गोविन्द केसी अनसन बसेको २४ दिन पुगेको थियो। र १५औं अनसन थियो। अहिले अनसनको शृंखला १९ औं पुगेको छ, अनसन बसेको २४ सै दिन।  

त्योबेला डा केसीकी आमाले भनेकी थिइन्– सरकार भनेको कान र हृदय नभएको मान्छे हो। त्यो फेरि एकपल्ट प्रमाणित भएको छ। आमा त यसैपनि झुट बोल्दिनन् । ती डा केसीकी हुन् वा तपाईं हाम्री।

डा केसीकी आमासँग त्यो बेला गरिएको कुराकानी अहिले पनि सान्दर्भिक छ। परिस्थित फेरिएन भने सन्दर्भ त जहाँको त्यहीँ बस्दो रहेछ। 
त्यो कुराकानी फेरि एकपल्ट कान र हृदय नभएको सरकारकाअघि राखेका छौं

चिकित्सा शिक्षा र सामाजिक सरोकारसँग जोडिएका ६ वटा जनसवाल पूरा गराउन उनले भोकप्यास खपेर गरिरहेको आन्दोलनलाई चल्तीको भाषामा अनसन भनिएको छ।

डा केसीकी ८४ वर्षीया आमा मित्रकुमारी भने अनसन शब्दसँग त्यति सहज भइसकेकी छैनन्।

उनलाई यत्ति थाहा छ– गरिबका छोराछोरी डाक्टर बनुन् भनेर उनका छोरा खानापानी नखाई बसेका छन्।

Ncell 2
Ncell 2

त्यो दिन कुराकानीका लागि घर पुग्दा मित्रकुमारी एकोहोरिएर पल्टिरहेकी थिइन्। डा केसीका भतिजा किशोरले कोही उनीसँग डा केसीका बारेमा कुराकानी गर्न आएको संकेत गरे। 

एकछिन अघिसम्म सुक्दै गरेको कर्कलाको डाँठजस्तै गरी ओछ्यानमा लडेकी उनी उक्त संकेत पाउने बित्तिकै सयपत्री जस्तै फक्रिइन्। छोराको अवस्थाले छातीमा गएको पहिरो थामेर मुस्कुराइन्।

झरी रोकिएर घाम लागेको दिनजस्तै देखियो उनको अनुहार, उज्यालो र चम्किलो।

हामीले उनका अघि भिडियो क्यामेरा सोझ्यायौं, उनी झन् खुल्दै गइन्। 

कुनै समय छोरा भोकैप्यासै बसेको कुरा गर्दा उनको आँखामा झरी पर्थ्यो, पीरले। 

तर, अचेल ओठमा वसन्त फुलाउँदी रहिछन्, गर्वले।

हो, उनलाई गर्व लाग्छ, डा गोविन्द केसी आफ्नो छोरा भएकोमा। त्योभन्दा बढी गर्व लाग्छ,  दुनियाँका छोराछोरीका लागि आफ्नो छोरा मर्न तयार भएकोमा।
गर्वसाथ भनेकी थिइन्, 'हाम्रा बाउबाजेको सम्पत्तिले सबैलाई पढाउन पुग्दैनथ्यो। ऊ आफू भोको बसेर संसारलाई राम्रो गर्न लागेको छ। आफू मरेर अर्को बाँचोस् भनेर यस्तो गरेको होला जस्तो लाग्छ।’

केसी जन्मिनेबित्तिकै पण्डितले मित्रकुमारीलाई भनेका रहेछन्– यो भाग्यमानी छ। सब्बैको मान्यगुन्य हुन्छ।

मित्रकुमारीलाई त्यो बेला लाग्थ्यो– कुनाकन्दरामा जन्मेको मान्छे कसरी पो होला र त्यस्तो?

अहिले भन्छिन्, ‘ती पण्डित जान्ने नै रहेछन्। संसारले चिन्ने मान्छे भयो त मेरो छोरो।’

दुई वर्षको उमेरदेखि उनीबाट टाढा छन् डा केसी।

केसी दुई वर्षका हुँदा मित्रकुमारीका बुबाको निधन भयो। उनकी आमा रुन थालिछन्।

दुईवर्षे केसीले सम्झाएछन्, ‘हजुरआमा किन रुनुभएको? मसँग दुई रुपैयाँ छ, सारी र चोलो किनिदिन्छु।’

बुबाको मृत्यु भएपछि एक्ली आमाका लागि दुईवर्षे केसीलाई साथी छाडेर आइन् माइतीमै।

डा केसी मामाघरमै हुर्के, बढे र पढे। 

केही वर्षपछि मित्रकुमारी बिरामी भएर उपचार गराउन आइन् काठमाडौं।

आमाको अवस्था हेरेपछि डा केसीले भनेछन्, ‘म पछि डाक्टरी नै पढ्छु।’

केसी चिकित्सा पढ्न गए।

त्यसपछि सेवामा खटिए।

आमासँग एक महिना लामो समय बस्ने फुर्सद कहिल्यै पाएनन्। त्यसैले अहिले पनि मित्रकुमारी गुनासो गर्छिन्, ‘दुई वर्षको उमेरपछि मसँग एक महिना पनि बसेको छैन।’

डा केसीले आफ्नी आमालाई कहिल्यै अनसन बस्छु भनेका रहेनछन्।

‘स्वास्नी मान्छे आँशु चुहाइहाल्छन् भनेर नभनेको होला,’ मित्रकुमारीको अनुमान छ। 

मित्रकुमारीलाई डा केसी बाल्यकालका बानीबेहोराका बारेमा सोध्यौं। मावलीमा हुर्केकाले त्यति थाहा नभएको बताइन्।

‘उमेरमा बिहेबारीका कुरा गर्नुभएन?’ भनेर पनि जिज्ञासा राख्यौं।

केसीकी हजुरआमाले एकपल्ट बिहेको कुरा निकाल्दा डा केसीले दिएको जवाफ जस्ताको त्यस्तै सुनाइन्।

डा केसीले भनेका रहेछन्, ‘बिहे गर्यो  भने मेरो मुटुमा घाउ निस्किन्छ। म विदेशिन्छु। तपाईं मलाई छोरो भन्न पाउनुहुन्न।’

त्यसपछि कसैले कहिल्यै डा केसीसँग बिहेका विषयमा कुरा गरेनन्। 

आफ्नो छोरा दुनियाँको राम्राका लागि संघर्ष गरिरहे पनि सरकारले नसुनेकोमा उनलाई केही भन्नु छैन।

उनलाई लाग्छ, ‘सरकार भनेको कान र हृदय नभएको मान्छे हो।’

कान र हृदय भएको भए अरुलाई सुख र राम्रो होला भनेर लडिरहेको मान्छेलाई दुःख दिँदैनथ्यो होला भन्ने उनको मनमा खेलिरहन्छ।  

अन्तिममा उनले आफ्नो मनको भाव यसरी पोखिन्, ‘सरकारले सुन्दिएदेखि छोराले खान्थ्यो। मलाई जस्तै उसलाई पनि खान मन लाग्छ होला।’ थपिन्, ‘अरु नभए पनि पानी त खान्थ्यो!’
र, उनको ओठबाट मातृवात्सल्य निस्कियो, ‘आजसम्म कति तिर्खा लाग्यो होला उसलाई?’

वृद्ध हुँदै गएकी मित्रकुमारी अहिले कस्तो सोच्दी हुन् ? कोरोना कहरले ताजा कुराकानी पस्किने चाहना पूरा भएन। यो भन्दा फरक चाहिँ छैन होला। किनभने अनसन बसेको यतिका दिन बितिसक्दा पनि माग पूरा गर्नु त परको कुरा वार्ता गर्न समेत चाहेको छैन सरकारले।

प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  २०:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हार्वर्डसँग एक अर्ब डलर क्षतिपूर्तिको माग
सेयर बजारमा गिरावट
भूमध्यसागरमा चक्रपात ह्यारीको कारण एक हजारको मृत्यु
सम्बन्धित सामग्री
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) भेलामा केन्द्रीय सदस्यहरू मधु आचार्य, प्रतिमा गौतम, तारामान गुरूङ, अजयबाबु शिवाकोटी पनि सहभागी छन्। साथै लुम्बिनी कांग्रेस सभापति अम... बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
ताजा समाचारसबै
हार्वर्डसँग एक अर्ब डलर क्षतिपूर्तिको माग मंगलबार, माघ २०, २०८२
सेयर बजारमा गिरावट मंगलबार, माघ २०, २०८२
भूमध्यसागरमा चक्रपात ह्यारीको कारण एक हजारको मृत्यु मंगलबार, माघ २०, २०८२
देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता [सूचीसहित] मंगलबार, माघ २०, २०८२
हिमाली जिल्लामा हिमपात भएको खण्डमा दोस्रो चरणमा निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की मंगलबार, माघ २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
महावीर पुनले रिसाएर मन्त्री पद छाडेको प्रधानमन्त्री कार्कीको दाबी सोमबार, माघ १९, २०८२
पाकिस्तानमा तिव्र आक्रमण , करिव दुई सय जनाको मृत्यु सोमबार, माघ १९, २०८२
ओपिडी सेवा २५ हजारसम्मको मात्र उपलब्ध गराउने स्वास्थ्य बीमा बोर्डको निर्णय सोमबार, माघ १९, २०८२
समानुपातिकको बन्दसूचीबाट आयोगले हटायो ७६ जनाको नाम सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्