काठमाडौं- नेपाल विद्युत प्राधिकरणले बिहीबार दिउँसो बालाजु र कुलेश्वर वितरण केन्द्रका विभिन्न स्थानमा २ घण्टा बत्ती काट्ने भएको छ।
प्राधिकरणका अनुसार बालाजु वितरण केन्द्रअन्तर्गत ढुङ्गेधारा तथा गोलढुङ्गा फिडर र कुलेश्वर वितरण केन्द्रको स्वयम्भु फिडरमा बिहीबार २ घण्टा बत्ती काट्न लागिएको हो।
बिहीबार दिउँसो २ बजेदेखि ४ बजेसम्म ती स्थानमा बत्ती काट्न लागिएको प्राधिकरणले जानकारी दिएको हो।
रिङरोड विस्तार कार्यक्रम अन्तर्गत एचटी लाइन तथा पोल सार्ने काम भइरहेकाले सो अवधिमा लाइन सटडाउन हुने प्राधिकरणले जनाएको छ।
यी दूई वितरण केन्द्रअन्तर्गत ढुङ्गेधारा, वनस्थली, फुलबारी गेट, नागार्जुन, स्वयम्भु मन्दिर क्षेत्रलगायतका स्थानमा बत्ती काटिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।