• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

काठमाडौंमा के गर्दैछ नाम्खाको सीमाक्षेत्र निरीक्षण गरेको टोली?

64x64
दुर्गा दुलाल बुधबार, असोज २१, २०७७  १७:४४
1140x725

काठमाडौँ- हुम्लाको नाम्खा गाउँपालिका क्षेत्रमा रहेको ११ नम्बर र १२ नम्बर सीमा पिल्लरको विवाद देशभर मात्र चर्चा नभएर अन्तराष्ट्रिय रुपमै चर्चित भयो। सधैँजसो भारतीय पक्षले मात्र नेपाली सीमा मिचेकोको सार्वजनिक भइरहनेमा यसपटक उत्तरी छिमेकी चीनले पनि सीमा मिचेको कुरा आएपछि यसले तरंगित तुल्याएको छ।

चीनियाँ पक्षले हालै मात्र चरन खर्कमा ९ वटा आधुनिक भवन बनाएपछि यो विवाद सुरु भएको थियो। उक्त क्षेत्रमा सुरुमा दुई वटा भवन मात्र रहेका थिए। तर चीनियाँ पक्षले थप ९ वटा भवन निर्माण गरेको तर नेपाली पक्षलाई जानकारी नै नभएपछि यो क्षेत्र मिचिएको आशंका गरिएको थियो।

नाम्खा गाउँपालिका पुगेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालको टोलीले स्थानीयसँग गरेको कुराकानीको आधारमा पहिलो चरणको सूचना सार्वजनिक गरिएको थियो। उक्त टोलीले ११ नम्बर पिल्लर फेला पार्न नसकेपछि चीनियाँ पक्षले बनाएको भवन नेपाली क्षेत्रमा पर्न सक्ने अनुमान गरेको थियो। उनीहरुको टोलीले १२ नम्बर पिल्लर मात्र फेला पारेको थियो।

पहिलो चरणको सूचना लगत्तै हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा दोस्रो टोली सीमा क्षेत्रमा पुगेको थियो। उक्त टोलीले ११ नम्बर पिल्लर फेला पारेको थियो। टोलीले स्थलगत अध्ययनको रिर्पोट केन्द्रमा पठाएको थियो।

चीनसँगको भूमि विवाद सार्वजनिक भए लगत्तै चीनियाँ दूतावास र सरकारका तर्फबाट पनि उक्त भूमिबारेमा प्रष्ट पारिएको थियो। ११ र १२ नम्बर पिल्लरको विवाद केही मत्थर भएको छ। यहीबीचमा नाम्खा गाउँपालिकाको टोली काठमाडौमा उच्चस्तरीय भेटमा सक्रिय छ। 

नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङ (लामा)को नेतृत्वमा काठमाडौँ आएको टोलीले लिमी लाप्चा क्षेत्रभित्र ललुङजङमा निर्माण भएका भवन भएको भूमि र नक्साको बारेमा जानकारी गराइरहेको अध्यक्ष लामाले बताए। ‘हामीले हेर्दा उक्त क्षेत्र चीनमा नै परेको जानकारी केन्द्रमा गराएका छौँ,’ काठमाडौँ आउनुको कारणबारे सोधिएको प्रश्नमा अध्यक्ष लामाले भने, ‘नक्साअनुसार उनीहरुकै हो। नेपालतिर नपर्ने यही जानकारी गराउन र भेटघाटका लागि आएका थियौँ।’

Ncell 2
Ncell 2
nimb
nimb

गाउँपालिकाको टोलीले रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग भेट गरेको छ। भेटमा सीमामा चौकी राख्नेदेखि सीमालाई व्यवस्थित बनाउनेसम्मका कुरा भएको अध्यक्ष लामाले बताए।

उक्त क्षेत्रबाट कैलाश मानसरोवरसम्म दर्शन गर्न सकिने भएकाले यातायातको विकास र चीनियाँसँग सहकार्य गरेर पर्यटकीय रूपमा विकास गर्न सकिने सुझाव पनि उक्त टोलीले दिएको छ। सीमा छुट्याउने विषयमा स्पष्ट हुन नसके भोलिका दिनमा पनि यस्ता विवाद आइराख्ने भएकाले ठोस कदम चाल्न उनीहरुले सुझाव दिएका छन्। उक्त क्षेत्र विगतमा आवतजावत गर्न सहज भएको तर अहिले असहज भएकाले कुराकानी गर्न पनि मन्त्रालयलाई उनीहरुले सुझाव दिएका छन्। 

सुरुमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाएको अध्यक्ष लामाले बताएका थिए। गाउँपालिकाको टिम, सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख जिल्ला अधिकारीको टिममा सिलसिलेवार सीमा निरीक्षणमा पुगेको थियो। 

सीमा विवाद आएपछि हुम्लाबाट निर्वाचित नेकपाका सांसद छक्कबहादुर लामाको टोली सीमा निरीक्षणमा गर्न पुगेको थियो। उक्त टोली नेपाली भूभाग दाबी गर्न सक्ने प्रमाण नदेखिएको भन्दै फर्किएको थियो। टोलीमा गाउँपालिकाका अध्यक्ष लामा पनि थिए। 

काठमाडौं आएर मंगलबार मन्त्रीहरुलाई भेटेपछि गाउँपालिका अध्यक्षले निष्कर्ष सुनाएका थिए। सांसद लामाले आफ्नो पार्टीको निरीक्षणको निष्कर्ष भूमि चीनकै भन्ने भएको जानकारी पाएको कुरा पार्टी र मन्त्रीलाई गराएका थिए। उक्त निष्कर्षसहित मंगलबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई भेटेर ब्रिफिङ गरिएको लामाले बताए।

सन् १९८२ को नक्साअनुसार उक्त भूमि चीनमा पर्ने देखिएको थियो। 

१२ नम्बर पिल्लर नयाँ निर्माण भएको हो 
११ नम्बर पिल्लर हराएर भेटिए लगत्तै १२ नम्बर पिल्लर पुनर्निर्माण भएको विवाद सार्वजनिक भएको थियो। उक्त विवाद के हो भनी सोधिएको प्रश्नमा गाउँपालिका अध्यक्ष लामाले आफूले निरिक्षणमा यस्तो नपाएको बताए। 

‘नयाँ बनाएको भन्ने भ्रम मात्रै होला, हामी पनि निरीक्षणमा गएका थियौं, केही भेटिएन,’ अध्यक्ष लामाले भने, ‘शुरुमा ११ नम्बर पिल्लर र नक्साबारे जानकारी नहुँदा अन्यौल भएको थियो। तर अब होइन भन्ने निष्कर्षमा पुगेका छौँ।’ कुनै समयमा त्यो क्षेत्र नेपालीहरुले चरन गरेको रहेछ तर हामीसँग नक्सा नभएकाले दाबी गर्न नसक्ने उनले बताए।

उनले हुम्लामा अब कुनै विवाद नरहे पनि उच्चस्तरीय नापी टोली लगेर तय गरे राम्रो हुने बताए। हुम्लामा सर्वदलीय बैठकले चीनले बनाएको भवन कहाँ पर्छ भनी यकिन नापजाँचका लागि केन्द्रबाट उच्चस्तरीय टोली माग गरेको थियो।

कांग्रेसको टोली स्थलगत अध्ययनमै
चीनसँग सीमा विवाद देखिएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको टोली हाल सीमा निरीक्षणमा छ। कर्णाली प्रदेशका प्रतिपक्षी नेता एवं हुम्लाका प्रदेश सांसद जीवनबहादुर शाहीको नेतृत्वमा कांग्रेसको टोली विगत एक सातादेखि पिल्लर तथा चिनियाँ भवनको निरीक्षणमा पुगेको छ।

नेकपाको टोलीले निरीक्षण सकेर सरकारलाई ब्रिफिङसमेत गरिसकेका बेला कांग्रेसको टोली ११ नम्बर र १२ नम्बर पिल्लर तथा नयाँ भवन निर्माण क्षेत्रको अनुगमनमा रहेको छ। 

प्रारम्भिक चरणमा कांग्रेसको टोलीले लाप्चाको १२ नम्बर पिल्लर नयाँ बनाइएको अवस्थामा फेला परेको दाबी गरेको थियो। 

१२ नम्बर पिल्लर नयाँ बनाएको पाइएको हुम्लाकी सांसद रंगमती शाहीले बताइन्। एक वर्षको आसपासमा उक्त पिल्लर नयाँ बनेको हुनसक्ने उनको आशंका देखिएको बताएकी थिइन्।

प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  १७:४४
  • #नेपाल-चीन
  • #सीमा
  • #नाम्खा
  • #हुम्ला

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति आज बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा देव गुरुङ, प्रकाश ज्वाला र गंगानारायण... मंगलबार, असोज ६, २०८३
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले ट्राफिक प्रहरी र चालकबीच विवाद भएपछि बसमा आगलागी भएको र चालकको मृत्यु भएको... मंगलबार, असोज ६, २०८३
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा बैठकले पछिल्ला विकसित राजनीतिक घटनाक्रम, महाधिवेशन कार्यतालिकालगायतका विषयमा निर्णय लिनेछ। मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति मंगलबार, असोज ६, २०८३
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार, असोज ६, २०८३
चिसो जुम्लामा तात्नेछ क्रिकेट, २४ सय मिटर उचाइमा पहिलो टी–२० प्रतियोगिता मंगलबार, असोज ६, २०८३
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा मंगलबार, असोज ६, २०८३
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्