काठमाडौं–पोखरा महानगरपालिकाको गण्डकी मेडिकल कलेजमा प्रभु बैंकले आजदेखि आफ्नो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ। गण्डकी मेडिकल कलेज परिसरमा आज बिहान १० बजे गण्डकी मेडिकल कलेजका प्राध्यापक प्राडा रविन्द्र श्रेष्ठले एक समारोहबीच उक्त काउण्टरको उद्घाटन गरेका हुन्।
काउण्टरबाट बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म उपचार तथा स्वास्थ्यसम्बन्धी कार्यको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने सम्पूर्ण सेवाग्राहीलाई बैंकिङ्ग सेवा उपलब्ध गराइनेछ। सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्न पाउने छन्।
एक्स्टेन्सन काउण्टर सञ्चालनपश्चात् मेडिकल कलेजको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणालीमार्फत् हुने भई प्रशासनिक सहजता प्राप्त हुने बैंकले जनाएको छ।
प्रभु बैंकले २०८ वटा शाखा कार्यालय, १९२ वटा एटिएम, ५३ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।