काठमाडौं-ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ।
प्राप्तिका लागि ग्लोबलका अध्यक्ष बुद्धि अकेला र स्पर्शका अध्यक्ष डा. सुशीलभक्त माथेमाले संझौतापत्रमा हस्ताक्षर गरेका छन्। पोखरामा आफ्नो प्रमुख कार्यक्षेत्र बनाएको स्पर्शलाई ग्लोबलले सिनर्जीका लागि प्राप्ति गर्न लागेको हो।
ग्लोबलको चुक्ता पुँजी २५ करोड ९५ लाख रुपैयाँ रहेको छ भने स्पर्शको ९ करोड ३७ लाख रुपैयाँ रहेको छ। यदि बराबरी हिस्सामा मर्जर भएमा ग्लोबलको चुक्ता पुँजी ३५ करोड ३२ लाख रुपैयाँ हुनेछ। प्राप्तिको प्रकृयामा गएसँगै दोस्रो बजारमा स्पर्शको कारोबार रोक्का गरिएको छ। दोस्रो बजारमा ग्लोबल लघुवित्तको बजार मूल्य १२५० रुपैयाँ रहेको छ भने स्पर्शको ९७२ रुपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।