काठमाडौं– लागुऔषधसहित पक्राउ परेका प्रहरी निरीक्षक (इन्सपेक्टर) र पाइलटसहित पाँचजना पुर्पक्षका लागि जेल चलान भएका छन् ।
लागु औषध नियन्त्रण ब्यूरोको टोलीले लागुऔषधसहित महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत इन्सपेक्टर रुद्र शाहीसहित नेपाल एयरलाइनसका पूर्वपाइलट भुपेन शेरचन, एलिसन बस्नेत, सन्तोषकुमार साह र अभिनाश थपलियालाई पक्राउ गरेको थियो ।
उनीहरुलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गरेको ब्यूरोका एसएसपी दिलिपकुमार चौधरीले बताए।
इन्सपेक्टर शाही आफैं लकडाउनको समयमा समेत तराईमा गएर लागुऔषध ल्याएर काठमाडौं उपत्यकामा बेच्ने गरेका थिए। उनलाई असार ११ गते प्रहरीले पक्राउ गरेको थियो । शाहीको गाडीबाट प्रहरीले ४६ ट्याब्लेट नाइट्रभेट र ७ बोत्तल डायलेक्स–डीसी बरामद गरेको थियो ।
उता शेरचन भने पाइलटबाट राजीनामा दिएपछि कुलतमा फसेका थिए । इन्सपेक्टर शाहीबाहेक अन्यको साथबाट ब्यूरोको टोलीले विभिन्न लागुऔषधका एम्पुलहरु बरामद गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।