काठमाडौं– लागुऔषधको अवैध कारोबारमा संलग्न भएको आरोपमा एक प्रहरी निरीक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत रुद्र शाही छन्।
केही दिनअघि मात्रै लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले लागुऔषध कारोबारीलाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरुले निरीक्षक शाहीलाई पोलेपछि पक्राउ गरिएको ब्यूरो स्रोतले नेपाल लाइभलाई जानकारी दियो।
पक्राउ परेका शाही लागुऔषध कारोबारीका साथै सेवनकर्ता समेत भएको पाइएको प्रहरीले जनाएको छ। लकडाउनकै समयमा दक्षिणी सीमा भारतसम्म पुगेर लागुऔषध ल्याएको पाइएको एक प्रहरी अधिकारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।