काठमाडौं–नविल बैंकले उपेन्द्र पौड्याललाई अध्यक्षमा नियुक्त गरेको छ। बैंक सञ्चालक समितिले उनलाई नियुक्त गरेको हो। पौड्याल एनएमबी बैंकबाट अवकासपछि खाली थिए। शम्भुप्रसाद पौड्यालको पदावधि समाप्त भएसँगै उपेन्द्र पौड्याललार्य अध्यक्ष बनाइएको हो।
शम्भुप्रसाद पौड्याल २०४२ सालदेखि नै बैंक सञ्चालकमा रहँदै आएका थिए। उनीसँगै दयाराम गोपाल अग्रवाल पनि ४ वर्षे कार्यकाल पुरा भएर बिदामा बसेका छन्।
बैंकका अध्यक्ष उपेन्द्र पौड्याल र प्रमुख कार्यकारी अधिकृत अनिल शाह दुवै बैंकर्स संघका पूर्वअध्यक्ष हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।