काठमाडौं-सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ। बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य ९४ हजार १ सय रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ९ सय रुपैयाँ थियो।
त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ। बुधबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबारका लागि चाँदीको मूल्य तोलामा ११ सय ७५ रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।