काठमाडौं- शेयर बजारमा ४.१७ अंकको सुधार भएको छ। मंगलबार नेप्से सूचक ०.२६ प्रतिशतले सुधार भएर १५८६.२९ अंकमा रोकिएको छ। दोस्रो बजारमा तीव्र उतारचढावका बीचमा २ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको छ। ६ वटा सूचकमा सुधार देखिएको छ भने ६ वटै सूचकमा गिरावट आएको छ।
अधिकतम बढ्ने क्रममा ४ वटा कम्पनीमा सर्किट लागेको छ। नेशनल हाइड्रो, नेपाल फाइनान्स, ङादी ग्रुप र माउन्टेन हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले सुधार भएको छ। पछिल्ला दिनमा सस्ता मूल्यमा जलविद्युत कम्पनीको शेयर उठाउने ट्रेण्ड बढेको छ। मंगलबार जलविद्युतको सूचक ६६ अंकले बढेको छ।
जम्मा १९५ वटा कम्पनीको कारोबार हुँदा ६५ वटा कम्पनीको मात्रै मूल्य बढेको छ भने ८९ वटाको मूल्यमा गिरावट आएको छ। लगानीकर्ताको ध्यान बढी जलविद्युत तथा सस्ता मूल्यका कम्पनीमा देखिँदै आएको छ। बजार सुधार हुने अपेक्षामा नयाँ लगानीकर्ता थोरै शेयर मूल्य भएका कम्पनी खरिद गरेर प्रवेश गरिरहेका छन्। जोखिम कम हुने भन्दै उनिहरुको आकर्षण देखिएको छ।
बैंक तथा वित्तीय संस्थाले शेयर कर्जाका लागि नयाँ नयाँ स्किम नै ल्याइरहेका छन्। बढ्दो बजारमा जोखिम कम हुने भएकाले बैंकहरु शेयर कर्जाका लागि लगानीकर्ता खोज्दै हिडिरहेका छन्। कतिपय बैकहरुले ब्रोकर कार्यालयमै सम्पर्क गरेर शेयर कर्जा उपलब्ध गराउदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।