काठमाडौं–विजय लघुवित्त वित्तीय संस्थाले खप्तड लघुवित्त वित्तीय संस्थालाई प्राप्त गर्ने भएको छ। सोमवार दुवै संस्थाले प्राप्तिका लागि सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। नेपाल राष्ट्र बैंकबाट अनुमति पाउनेमा सबैभन्दा कान्छो खप्तड सञ्चालनमा आएको केही समयमै मर्जरमा गएको हो।
नेपाल राष्ट्र बैंकले नयाँ अनुमति पाएका लघुवित्तलाई प्राथमिक शेयर निष्काशन गरेर व्यवसाय तथा पुँजी विस्तारभन्दा पनि उपयुक्त कम्पनी खोजेर मर्जरमा जान सुझाइरहेको छ। खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलाली जिल्लामा रहेको छ। संस्थाको कार्य क्षेत्र प्रदेश ७ भित्र रहेको छ। संस्थाको चुक्ता पुँजी २ करोड ६८ लाख रुपैयाँ रहेको छ।
विजय लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी २२ करोड ४० लाख रुपैयाँ रहेको छ। दोस्रो बजारमा संस्थाको शेयर मूल्य ९५० रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।