काठमाडौं-प्रभु बैंकले अभिनेता प्रदीप खडका र अभिनेतृ कृष्टिना गुरुङलाई बैंकको ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कलाकारद्वय प्रदीप खड्का र कृष्टिना गुरुङलाई बैंकको ब्राण्ड एम्बेस्डरमा नियुक्ति गर्नेसम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर गरेको हो।
उक्त हस्ताक्षर कार्यक्रममा कलाकारद्वय खड्का र गुरुङ अभिनित प्रभु बैंकको विज्ञापन सार्वजनिक गरिएको थियो। दुई कलाकार एम्बेस्डर नियुक्त भएपछि सर्वसाधारणमा आफूप्रतिको विश्वसनीयतामा वृद्धि हुने प्रभु बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।