काठमाडौं- आयशा शाक्य र पार्वती गुरुङले प्रथम बंगलादेश तेक्वान्दो अनलाइन अन्तर्राष्ट्रिय प्रतियोगितामा पुम्से विधामा स्वर्ण जितेका छन्। यसअघि आयशाले नेपालमा नै भएको १३औँ दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण जितेकी थिइन्।
अनलाइनमार्फत भएको प्रतिस्पर्धामा महिलातर्फ आयशाले ४० वर्षमुनि र पार्वतीले ३० वर्षमुनि उमेरसमूहमा स्वर्ण जितेको तेक्वान्दो प्रशिक्षक ओलम्पियन दीपक विष्टले जनाएका छन्। पार्वतीले स्वर्ण जितेको स्पर्धामा निता गुरुङले रजत जितिन्।
पुरुष २४ वर्षमुनि कृष्णबहादुर तामाङले रजत जिते। उही स्पर्धामा दीपेन्द्र गुरुङ छैटौं स्थानमा रहे। सोही उमेरसमूहको महिला स्पर्धामा सिना मादेनले रजत पदक जितिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।