काठमाडौं- सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ। आइतबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबारका लागि ९४ हजार १ सय रुपैयाँ कायम भएको छ।
पछिल्लो समय सुनको मूल्यमा सामान्य उतारचढाव देखिएको छ।
सोमबारका लागि चाँदीको मूल्य भने स्थिर छ। सोमबारका लागि चाँदीको मूल्य तोलामा ११ सय ८० रुपैयाँ रहेकोमा आइतबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।