काठमाडौं- कार्यालयमा एक जना कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि यातायात व्यवस्था कार्यालय मोटरसाइकल सतुंगलले सेवा प्रवाह खुम्च्याएको छ। सोमबारदेखि कार्यालयले जोरबिजोरका आधारमा सेवा प्रदान गर्ने भएको छ।
कार्यालयले आइतबार साँझ एक सूचना जारी गर्दै संक्रमण जोखिम भएको भन्दै जोर गते जोर र बिजोर गते बिजोर मोटरसाइकलको नवीकरणसम्बन्धी काम गर्ने जनाएको छ।
त्यस्तै कार्यालयले जोर बिजोरकै आधारमा इम्बोस्ड नम्बर प्लेट जडानको कार्य गर्ने सूचनामा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।