काठमाडौं- आइतबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) २१ दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै, छाति दुख्ने र श्वास फेर्न गाह्रो हुने समस्या देखिएपछि आइसियुमा सारियो (आइसियुमा डा केसी)
२) प्रदेश राजधानीका विषयमा नेकपा रुपन्देहीको पनि असन्तुष्टि, निषेधाज्ञा उलंघन गर्दै स्थानीयले गरे प्रदर्शन, प्रमुख दलका स्थानीय नेताहरु छलफलमा (नेकपा रुपन्देही पनि असन्तुष्ट)
३) विशाल ग्रुप अन्तर्गतको कमला रोलिङ मिल्स स्टिल्सबाट उत्पादित डण्डी गुणस्तहीन, गुणस्तर तथा नापतोल विभागले ग¥यो उत्पादन इजाजत रद्द (विशालको स्टिल कमसल)
४) २४ घण्टामा थप २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु, काठमाडौं उपत्यकामा एकै दिन १ हजार ५९९ जना थपिएसँगै ८६ हजार ८२३ पुगे संक्रमित (बढ्दो क्रममा संक्रमण)
५) एभर्टनको इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार चौथो खेलमा जित, जेम्स रोड्रिगुएजले २ गोल गर्दा एभर्टनबाट ब्राइटन पराजित (एभर्टन अविजित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।