काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अनशनरत प्रा. डा. गोविन्द केसीको जीवन रक्षा गर्न आग्रह गरेका छन्।
थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष डा. केसीको जीवन रक्षा गर्न ध्यानाकर्षण गराएका हुन्। मेडिकल शिक्षा सुधार र विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै डा. केसी अनशन बसिरहेका छन्।
१९औं अनशन जुम्लाबाट सुरु गरेको भए पनि केसी हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छन्। आइतबारमात्रै उनलाई सास फेर्न कठिन भएपछि अक्सिजन दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।