काठमाडौं- कर्मचारीमा कोरोना संक्रमण देखिएपछि असोज १४ गतेदेखि सेवा प्रवाह रोकिएकोमा वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलले सोमबारदेखि सेवा सुरु गर्ने भएको छ।
भिसा अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी रोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई मध्यनजर राखि सोमबार (भोलि)बाट सर्वाधानिपूर्वक सेवा सञ्चालन गरिने कार्यालयले जनाएको छ।
सेवाग्राहीहरुले सामाजिक दूरीका साथ स्वास्थय सुरक्षाका अन्य मापदण्ड पालना गरी कार्यालयमा उपस्थिति हुनुपर्ने कार्यालयले उल्लेख गरेको छ।
कार्यालय परिसरमा लगाइएको गोलो चिन्हमा रहेर सेवा लिन तथा अनिवार्य साबुनपानीले हात धुन कार्यालयले सेवाग्राहीलाई आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।