काठमाडौं–बिमा समितिमा ५ कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि सात दिनका लागि सम्पूर्ण काम बन्द गरिएको छ।
समितिका उच्चपदस्थसहित ५ कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो। कार्यालय आगामी आइतबारसम्मका लागि सिल गरिएको समितिले जनाएको छ।
कार्यालय बन्द भएपछि समितिको सेवा प्रवाह पनि एक हप्तासम्मका लागि बन्द हुने भएको छ। व्यक्तिगत रुपमा दिने परामर्शका काम भने जारी रहने समितिले जनाएको छ। अधिका.श कम्पनी वित्तीय विवरण स्वीकृत गर्ने चरणमा थिए। अब यस्तो काम थप एक साता पछाडि धकेलिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।