काठमाडौं–गरिमा विकास बैंकले सहारा विकास बैंक प्राप्त गर्ने भएको छ।
दुवै बैंकले असोज १६ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। यससँगै दोस्रो बजारमा सहारा विकास बैंकको कारोबार रोक्का गरिएको छ। गरिमा विकास बैंकको चुक्ता पुँजी तीन अर्ब २३ करोड रुपैयाँ रहेको छ।
यसअघि देवः विकास बैंकसँग मर्जरको सहमति पछि भाडिएको थियो। अहिले देवः विकास बैंक कुमारी बैंकसँग गाभिइसकेको छ। देवः सँग मर्जर भाँडिएपछि गरिमा विकास बैंकसँग मर्जरको सहमति भएको हो। सहारा विकास बैंकको चुक्ता पुँजी १६ करोड ३३ लाख रुपैयाँ छ। एक जिल्लामा कार्यक्षेत्र रहेको बैंकको निक्षेप ८५ करोड ३८ लाख रुपैयाँ छ भने कर्जा लगानी ७२ करोड ५१ लाख रुपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।