तस्बिर : सेभन समिट ट्रेक
काठमाडौं–बहराइनका राजकुमार खलिफासहितको टोलीले आज बिहान ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आरोहण गरेको छ । टोली बिहान ८.५० मा हिमालको शिखरमा पुगेको हो।
राजकुमार खलिफासहितको १८ सदस्यीय टोली गत भदौ ३१ गते नेपाल आइपुगेको हो। टोलीलाई सरकारले मनासलु हिमाल आरोहणको पनि अनुमति दिइसकेको छ।
टोलीमा बहराइनको डिफेन्स फोर्समा कार्यरत १५ जना तथा ३ जना बेलायती नागरिक छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।