काठमाडौं- नेपालमा एकै दिन थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय २० पुगेको छ।
पछिल्लो २४ घण्टामा २ हजार ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो एक दिनको अवधिमा हालसम्मकै सबैभन्दा बढी हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर २१ हजार २३४ जना सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार हाल ४ हजार ८८५जना क्वारेन्टाइनमा छन्।
आजसम्म १० लाख ४८ हजार ६८६ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा थप ३३०७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा ६० हजार ६९६ जना संक्रमित उपचारपछि निको भएका छन्।
पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा १६३८ जना संक्रमित थपिएका छन्। काठमाडौंमा १२८०, भक्तपुरमा १९६ र ललितपुरमा १६२ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
विस्तृत भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।