काठमाडौं–सिद्धार्थ बैंकले आजदेखि तीन अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गरेको छ। बैंकले तीन अर्ब रुपैयाँमध्ये एक अर्ब २० करोड रुपैयाँ सर्वसाधारणका लागि जारी गरेको हो। बाँकी एक अर्ब ८० करोड रुपैयाँ प्राइभेट प्लेसमेन्टबाट बिक्री गर्नेछ।
बैंकले ८.५ प्रतिशत व्याजदरमा एसबिएल डिबेन्चर २०८४ छिटोमा यही असोज २० गतेसम्म निष्काशन गर्नेछ। यदि पहिलो चरणमा बिक्री नभए ढिलोमा असोज ३० गतेसम्म निष्काशन गर्नेछ।
लगानीकर्ताले न्युनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने धितोपत निष्काशन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ। उक्त ऋणपत्रमा सिआस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट अनलाइन आवेदन दिन सकिनेछ। यस ऋणपत्रले पर्याप्त सुरक्षा जनाउने इक्राएनपि आर ए माइनस रेटिङ पाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।